२० हजार सवारी चालकलाई कारवाही | Khabarhub Khabarhub

२० हजार सवारी चालकलाई कारवाही


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी चालकबाट एक करोड ५५ लाख ७५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ३४ हजार ५१० सवारी चालकको कारवाहीबाट एक करोड १३ लाख पाँच हजार रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

चालू आवको साउनमा दुई हजार ४ सय सवारी चालकको कारवाहीबाट १५ लाख सात हजार ५ सय राजश्व सङ्कलन भएको छ । त्यस्तै भदौमा चार हजार ३ सय चालकको कारवाहीबाट २६ लाख ९३ हजार ५ सय रुपैयाँ, असोजमा चार हजार ६ सय ५० सवारी चालकको कारवाहीबाट २८ लाख ४२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

कात्तिकमा चार हजार ४ सय चालकको कारवाहीबाट २७ लाख २२ हजार र मंसिरमा चार हजार ५ सय ५० सवारी चालकको कारवाहीबाट २८ लाख १५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

सो अवधिमा दुई हजार ७३५ बस चालक, तीन हजार ६७७ ट्रक चालक, दुई हजार ६१५ जीप चालक, सात हजार ६६० मोटरसाइकल चालक, एक हजार ९२७ ट्र्याक्टर चालक, एक हजार ६८६ टेम्पो चालक गरी जम्मा २० हजार ३०० सवारीसाधन चालक कारवाहीमा परेको ट्राफिक प्रमुख रेग्मीले जानकारी दिए ।

उनले मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, उछिन्ने, छतमा यात्रु राखेका, प्रयोजन विपरीत चलाएका, लेन अनुशासन मिचेकाजस्ता कारणले गर्दा उनीहरुलाई कानूनी दायरामा ल्याइएको बताए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १२ : ४२ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ