दुई तिहाको दम्भ अब समाप्त भयो– उपेन्द्र यादव « Khabarhub

दुई तिहाको दम्भ अब समाप्त भयो– उपेन्द्र यादव


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु सत्ताबाट बाहिरिएसँगै सरकारको दम्भ हटेको बताएका छन् ।

समाजवादी पार्टी नेपालको कार्यकारीणी बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफूहरुले यसअघि गरेको दुई बुँदे सहमति अनुसार संविधान संशोधन गर्ने तर्फ सरकार अघि नबढेका कारण सरकारबाट बाहिरिएको बताए ।

आफूहरु सरकारबाट बाहिरिएसँगै दुई तिहाइको सरकारको दम्भमा गिरावट आएको उनको भनाइ छ ।

‘दुई तिहाको दम्भ अब समाप्त भयो’ यादवले भने,‘सरकारको एकपछि अर्को स्टेप असफलता तर्फ अघि बढिरहेको छ । गणितीय हिसावले ठूलो अन्तर नआएपनि राजनीतिक मूल्य र मान्यतामा फरक पर्छ ।’

उनले सरकारलाई दिँदै आएको समर्थन पार्टीले फिर्ता लिएको जानकारी दिँदै अब पार्टीले प्रतिपक्षमा रहेर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए । उनले संविधान सबैका लागि सर्वस्वीकार्य बनाउन आफूहरुले भूमिका खेल्ने बताए । त्यसका लागि संविधान संशोधन गर्न दवाव दिनेका उनको भनाइ छ ।

‘व्ल्याक आउट गर्नेको पनि र दियो बाल्नेको पनि संविधान हुनुप¥र्यो’उनले भने,‘सबैको सर्वस्वीकार्य बनाउनका लागी लाग्नुपर्छ ।’

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  २ : ४५ बजे

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न ६ वटा दलबाट

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान

काठमाडौं– ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट