दुई तिहाको दम्भ अब समाप्त भयो– उपेन्द्र यादव « Khabarhub

दुई तिहाको दम्भ अब समाप्त भयो– उपेन्द्र यादव


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु सत्ताबाट बाहिरिएसँगै सरकारको दम्भ हटेको बताएका छन् ।

समाजवादी पार्टी नेपालको कार्यकारीणी बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफूहरुले यसअघि गरेको दुई बुँदे सहमति अनुसार संविधान संशोधन गर्ने तर्फ सरकार अघि नबढेका कारण सरकारबाट बाहिरिएको बताए ।

आफूहरु सरकारबाट बाहिरिएसँगै दुई तिहाइको सरकारको दम्भमा गिरावट आएको उनको भनाइ छ ।

‘दुई तिहाको दम्भ अब समाप्त भयो’ यादवले भने,‘सरकारको एकपछि अर्को स्टेप असफलता तर्फ अघि बढिरहेको छ । गणितीय हिसावले ठूलो अन्तर नआएपनि राजनीतिक मूल्य र मान्यतामा फरक पर्छ ।’

उनले सरकारलाई दिँदै आएको समर्थन पार्टीले फिर्ता लिएको जानकारी दिँदै अब पार्टीले प्रतिपक्षमा रहेर प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए । उनले संविधान सबैका लागि सर्वस्वीकार्य बनाउन आफूहरुले भूमिका खेल्ने बताए । त्यसका लागि संविधान संशोधन गर्न दवाव दिनेका उनको भनाइ छ ।

‘व्ल्याक आउट गर्नेको पनि र दियो बाल्नेको पनि संविधान हुनुप¥र्यो’उनले भने,‘सबैको सर्वस्वीकार्य बनाउनका लागी लाग्नुपर्छ ।’

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  २ : ४५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको