फ्रेन्ड्सलाई पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा « Khabarhub

फ्रेन्ड्सलाई पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । बुधबार भएको तेस्रो खेलमा फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले समान एक–एक गोल गरे ।
पिटरले २८ औं मिनेटमा, सोमिडेले ५१ औं मिनेटमा र सुब्बाले ८५ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै मछिन्द्रले ३ खेलमा ६ अंक जोडेको छ । र, मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरले पछि पार्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिए ।

मछिन्द्रले २ खेलमा जित निकाल्दा १ खेलमा बराबरी खेलेको छ भने फ्रेन्ड्सले तीन खेलमै हार व्यहोरेको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ३ : ०७ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक