अबको १० वर्षभित्र रोजगारीका लागि युवाहरुले भौतारिनु पर्दैनः मुख्यमन्त्री राई | Khabarhub Khabarhub

अबको १० वर्षभित्र रोजगारीका लागि युवाहरुले भौतारिनु पर्दैनः मुख्यमन्त्री राई


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आगामी दश वर्षभित्रमा प्रदेशका युवाहरुले रोजगारीका लागि अन्यत्र भौतारिन नपर्ने बताएका छन् ।

प्रदेश सरकारले उद्यमशीलता विकासको गुरुयोजनासहित कोष स्थापना गर्ने र सो कोषबाट उद्यम गर्न चाहने यूवाहरुलाई रकम प्रदान गरिने जानकारी दिए ।

मेची उद्योग वाणिज्य सङ्घले झापाको धुलाबारीमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रि«य औद्यागिक, व्यापार तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशबाट बेरोजगारी अन्त्य गर्न ‘मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिए ।

“बेरोजगारी अन्त्य गर्न दशवर्षे गुरुयोजना बनाइसकेका छौं”, उनले भने, “यसका लागि खडा गरिएको कोषको कार्यविधि केही दिनमा पारित भएपछि सार्वजनिक गर्नेछौं ।”

कोषका लागि प्रदेश सरकारले चालू बजेटमा रु २० करोड छुट्याइएको बताए । पैसा नहुने युवाले सोही कोषबाट रकम लिएर उद्यम गर्ने व्यवस्था मिलाइने उनले बताए ।

निजी क्षेत्रसँग मिलेर आर्थिक विकासका गतिविधि सञ्चालन गर्ने प्रदेश सरकारको नीति रहेको उल्लेख गर्दै उनले प्रदेशका सबै विकास निर्माणका कार्य गुरुयोजनामार्फत अघि बढाइने बताए ।

आगामी दश वर्षभित्र सात हजार २ सय २६ किलोमिटर सडक निर्माण गर्ने लक्ष्यका साथ दशवर्षे प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक भइसकेको र प्रदेशलाई मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी पर्यटन गुरुयोजना यही वर्षभित्र निर्माण गरिने उनले जानकारी दिए ।

मेची उद्योग वाणिज्य सङ्घले आजदेखि १७ गतेसम्म आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको उद्घाटनमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ ।

मेचीनगरको हङकङ बजारको रुपमा चिनिएको धुलाबारीमा शुरु भएको महोत्सवमा नेपाल, भारत र बङ्गलादेशका २०० वटा कक्ष रहेको महोत्सव मूलआयोजक समितिका संयोजक भूमि पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ८ : २५ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु