सरकार–सेना दूरी बढ्दै, विना जानकारी गरिएका निर्णयले जोखिमको खतरा « Khabarhub

सरकार–सेना दूरी बढ्दै, विना जानकारी गरिएका निर्णयले जोखिमको खतरा


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनासँग जोडिएका सरकारका पछिल्ला गतिविधिले सेना रुष्ट बनेको र दूरी बढ्दै गएको समाचारलाई आजको राजधानी दैनिकले मुख्य समाचारका रुपमा छापेको छ ।

पत्रिकाले लेखेको छ– पछिल्लो समय सरकार र नेपाली सेनाबीचको दूरी बढ्दै गएको छ । सरकारले एकपछि अर्को गर्दै सेनासँग सल्लाह नै नगरी सेनालाई समेत दीर्घकालीन रुपमा असर पर्ने  विषयमा निर्णय लिन थालेपछि सेना सरकारसँग रुष्ट भएको छ ।

सैनिक उच्च स्रोतका अनुसार नेपालमा सम्पन्न बिम्स्टेक बैठकपछि भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यासमा जानबाट सरकारले सेनालाई रोक्नु, सीके राउतसँगैका सहमति हुँदै नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथिको प्रतिबन्ध, प्रधानमन्त्रीले नै सेना परिचालन गर्न सक्ने गरी कानून संशोधन गर्न गरिएको प्रस्ताव र पछिल्लो तोकिएको मार्यदाक्रम लगायतका विषयमा सेना रुष्ट बनेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीको माहोल बन्दै, ७१ परियोजनामा ३५ खर्ब लागनी शीर्षकमा आगामी १५ र १६ चैतमा हुने लगानी सम्मेलनका लागि सरकारी र निजी क्षत्रबाट हुन लागेको तयारीको विषयमा पत्रिकाले अर्को समाचार छापेको छ ।

त्यसैगरी प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले आइतबारबाट अनिवार्य अवकाश पाएको र उनीसँगै आयुक्त इला शर्माले पनि अवकाश पाएकोसमाचारलाई पनि पहिलो पृष्ठमा समेटेको छ ।

विमानस्थलबाट १३ लाखको सुन बरामद भएको समाचारालई पनि पत्रिकाले मुख्य पृष्ठमा छापेको छ भने संघीय संसदको हिउँदै अधिको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकमा विखण्डनवाद समाप्त भयो भन्ने शीर्षकमा समाचार छापेको छ ।

संघीय संसदको तेस्रो अधिवेशनले संविधानसँग बाझिएका र संशोधान गर्नुपर्ने कानून निर्माण गरी संविधान कार्यान्वयको बाटो खुला गरेको छ । गत ११ पुसबाट शुरु भई आइतबार सम्पन्न भएको अधिघवेशनमा ४६ पटक बैठक बसेको थियो ।

त्यस्तै पत्रिकाले ‘राजनीतिक नेतृत्वमाथि नै निगरानी बढाऊ’  शीर्षकमा सम्पादकीय लेखेको छ । भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सानातिना मुद्दामा मात्रै अल्झिन पुगेको पाइएको छ ।

नीतिगत रुपमा हुने अनियमितता रोक्ने सवालमा अख्तियार लामो समयदेखि चुक्दै आएको छ । मुलुकमा सवैभन्दा ठूलो भ्रष्ट्राचार राजनीतिक तहमा नै छ, जबसम्म राजनीति तहमा व्याप्त भ्रष्टार रोकिन सक्दैन तबसम्म अन्य स्थानमा हुने भ्रष्टाचार रोक्न सकिंदैन भन्ने आशय उल्लेख गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ५ : ४६ बजे

आजका समाचार : प्रचण्ड नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीका लागि अलग्गै इमेल

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै

साइबर ब्युरो भएको भवन महानगरपालिकालाई दिने गृहको सहमति  

काठमाडौं– गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो