रिशभ पन्तको इनिङमा दिल्लीलाई सफलता « Khabarhub

रिशभ पन्तको इनिङमा दिल्लीलाई सफलता


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गत सिजनमा राम्रो प्रदर्शन देखाउन नसकेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्सले यो सिजनको पहिलो खेलमा मूम्बई इन्डियन्सलाई पराजित गर्दै सुखद् सुरुआत गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार राति भएको खेलमा मूम्बईलाई ३७ रनले पराजित गर्दै दिल्लीले यो सिजनको राम्रो सुरुआत गरेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको दिल्लीका लागि आक्रामक ब्याटिङ गरेका युवा ब्याट्सम्यान रिशभ पन्तले २७ बलमा ७८ रन बनाएपछि मूम्बईले २सय १४ रनको लक्ष्य पाएको थियो ।

दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको मूम्बई १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १सय ७६ रनमात्रै बनाउन सकेको थियो । यस्तै मूम्बईका लागि युवराज सिंहले अर्धशतक बनाएपनि टिमको जीतका लागि प्रयाप्त हुन सकेन ।

मूम्बईका लागि अन्य ब्याट्सम्यानहरु कुर्नल पाण्ड्याले ३२ रन क्योन्टन डि ककले २७ रन, किरोन पालार्डले २१ रन बनाएका थिए ।

त्यस्तै, मूम्बईविरुद्ध दिल्लीका लागि कागिसो रवडा र इशान्त शर्माले समान २—२ विकेट लिका थिए । ट्रेन्ट बोल्ट, केमो पाउल, अजर पटेल र राहुल तिवेतीले समान १—१ विकेट लिएका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २०ओभर पुरा खेल्दै ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।

दिल्लीका लागि अविजित रहेको विकेट किपर ब्याट्ससम्यान रिशभ पन्तले २७ बलमा ७ छक्का र ७ चौकाको मद्दतमा ७८ रन बनाएका थिए । त्यस्तै, शिखर धवनले ४३ रन कोलिन इनग्रामले ४७ रन बनाएका थिए भने कप्तान श्रयस अयरले १६ रन बनाएका थिए ।

दिल्लीविरुद्ध मूम्बईका बलर मिचेल म्याकलेनघानले उत्कृष्ट प्रदर्शन गरे । उनले ४ ओभर बलिङ गर्दै ३ विकेट लिएका थिए । त्यस्तै, जस्प्रीत बुम्राह, वेन कटिङ र हार्दीक पााण्ड्याले समान एक—एक विकेट लिए ।

दिल्लीले आफ्नो मुख्य दुई स्पिनरलाई पवेलियनमा राख्दै टोली मैदान उतारेको थियो । भारतका अनुभवी बलर अमित मिश्रा र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीपलाई बेञ्चमा बसालेको थियो । जसमा दिल्लीले मुम्बईविरुद्ध ब्याटिङ लइन अप बलियो बनाएको पनि स्पष्ट थियो ।

मिश्रा र नेपाली लेग स्पिनर सन्दीप लमिछाने मध्ये एक जना मैदान उत्रिर्ने सम्भावना देखाएपनि दिल्लीले मूम्बईविरुद्धको खेलमा दुवै जनालाई पवेलियनमा राखेको हो । सन्दीप र मिश्रा टोलीमा नपरेपछि आईपीएलका कमेन्टेटरले दिल्लीको सरप्राइज भनेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ७ : ५२ बजे

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं– त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव