थाइल्याण्डको संसदीय निर्वाचनमा सेना समर्थित दललाई अग्रता « Khabarhub

थाइल्याण्डको संसदीय निर्वाचनमा सेना समर्थित दललाई अग्रता


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


थाइल्याण्डमा आइतबार सम्पन्न संसदीय निर्वाचनमा सेना समर्थित पार्टीले अनपेक्षित अग्रता लिएको छ ।

९० प्रतिशत मत गणना हुँदा हालका प्रधानमन्त्री प्रयुत चान ओचा नेतृत्वको पलाङ प्रचार्त दलले ७६ लाख मत प्राप्त गरेका छन् ।

सन् २०१४ मा थाई सेनाले सत्ता कब्जा गरेयता पहिलोपटक भएको आमनिर्वाचनमा ५ करोड १० लाख नागरिक मतदानका लागि योग्य थिए । जसमध्ये करिब ८० प्रतिशत मतदाताले मतदान गरेको थाइल्याण्डको निर्वाचन आयोगका महासचिव जारुङभिथ फूम्माले जानकारी दिए ।

थाइल्यान्डमा केही वर्षदेखि राजनीतिक अस्थिरता हाबी छ । सैनिक पक्षधर र सत्ताच्यूत गरिएका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकबीच मुख्यरुपमा सङ्घर्ष चलिरहेको छ ।

पछिल्लो पटक सन् २०१४ मा सत्ता हत्याएपछि थाइल्यान्डको शक्तिशाली सेनाले कानुन व्यवस्थालाई सही मार्गमा ल्याउने र लोकतन्त्र पुनर्वहाली गर्ने बचनबद्धता प्रकट गरेको थियो, तर पटकपटक आमनिर्वाचन स्थगन गर्दै आएको थियो ।

आलोचकहरुको भनाईमा सेनाले जारी गरेको नयाँ संविधानले पछिल्लो मतदानबाट जस्तोसुकै परिणाम आएपनि सत्तामाथि सेनाको प्रभाव विशिष्ट रहनेछ । संविधानमै नयाँ संसदमा सेनाका व्यक्तिहरुको बाक्लो उपस्थितिलाई सुनिश्चित गरिएको छ ।

निर्वाचनमा झण्डै ४० राजनीतिक दल र १० हजार उम्मेदवारले भाग लिएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ११ : ४९ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया