थाइल्याण्डको संसदीय निर्वाचनमा सेना समर्थित दललाई अग्रता « Khabarhub

थाइल्याण्डको संसदीय निर्वाचनमा सेना समर्थित दललाई अग्रता


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


थाइल्याण्डमा आइतबार सम्पन्न संसदीय निर्वाचनमा सेना समर्थित पार्टीले अनपेक्षित अग्रता लिएको छ ।

९० प्रतिशत मत गणना हुँदा हालका प्रधानमन्त्री प्रयुत चान ओचा नेतृत्वको पलाङ प्रचार्त दलले ७६ लाख मत प्राप्त गरेका छन् ।

सन् २०१४ मा थाई सेनाले सत्ता कब्जा गरेयता पहिलोपटक भएको आमनिर्वाचनमा ५ करोड १० लाख नागरिक मतदानका लागि योग्य थिए । जसमध्ये करिब ८० प्रतिशत मतदाताले मतदान गरेको थाइल्याण्डको निर्वाचन आयोगका महासचिव जारुङभिथ फूम्माले जानकारी दिए ।

थाइल्यान्डमा केही वर्षदेखि राजनीतिक अस्थिरता हाबी छ । सैनिक पक्षधर र सत्ताच्यूत गरिएका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकबीच मुख्यरुपमा सङ्घर्ष चलिरहेको छ ।

पछिल्लो पटक सन् २०१४ मा सत्ता हत्याएपछि थाइल्यान्डको शक्तिशाली सेनाले कानुन व्यवस्थालाई सही मार्गमा ल्याउने र लोकतन्त्र पुनर्वहाली गर्ने बचनबद्धता प्रकट गरेको थियो, तर पटकपटक आमनिर्वाचन स्थगन गर्दै आएको थियो ।

आलोचकहरुको भनाईमा सेनाले जारी गरेको नयाँ संविधानले पछिल्लो मतदानबाट जस्तोसुकै परिणाम आएपनि सत्तामाथि सेनाको प्रभाव विशिष्ट रहनेछ । संविधानमै नयाँ संसदमा सेनाका व्यक्तिहरुको बाक्लो उपस्थितिलाई सुनिश्चित गरिएको छ ।

निर्वाचनमा झण्डै ४० राजनीतिक दल र १० हजार उम्मेदवारले भाग लिएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ११ : ४९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल