पश्चिमी वायुको प्रभाव– काठमाडौंसहित देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना « Khabarhub

पश्चिमी वायुको प्रभाव– काठमाडौंसहित देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पश्चिमी वायुको प्रभावले आज (सोमबार) मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

उनका अनुसार दिउँसो पश्चिमी क्षेत्रमा यसको प्रभाव देखिन्छ र बेलुकी पखबाट मध्य र पूर्वी भू–भागको मौसम पनि क्रमशः प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रि–मनसुनको समय भएकाले वर्षा लामो समयसम्म नहुने र छिनमै मौसम परिवर्तन हुने बताइएको छ । राति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि मङ्गलबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बुधबार देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही उच्च पहाडी भेगका केही स्थानमा र हिमाली भेगका एक दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री सेल्सियस र अधिकमत तापक्रम २७ दशमलव ८ सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ११ : ५८ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स