निर्मला हत्या प्रकरण– सिआईबीका निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित « Khabarhub

निर्मला हत्या प्रकरण– सिआईबीका निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


महेन्द्रनगर– निर्मला पन्त हत्यासँग सम्बन्धित प्रमाण नस्ट गरेको तथा यातना दिएको अभियोग लागेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का तत्कालीन डिएसपी अंगुर जिसी सोमबार कञ्चनपुर जिल्ला अदालतमा हाजिर भएका छन् ।

निर्मलाकी आमा दूर्गादेवीले प्रमाण नस्ट गरेको तथा निर्मलाको बलात्कार पछि हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टका दाजु खड्गसिंह विष्टले यातना दिएको आरोपमा उजुरी दिएका थिए । निलम्बित डिएसपी जिसीसहित ८ जना तत्कालीन प्रहरी अधिकारी÷कर्मचारीविरुद्ध मुद्दा दर्ता भएकोमा अन्य ७ जना भने धरौटीमा रिहा भइसकेका छन् ।

जिल्ला अदालत कञ्चनपुरले फागुन २६ गते जिसीविरुद्ध अदालतमा हाजिर हुन ३५ दिने सूचना जारी गरेको थियो । जिसी सूचना जारी भएको १६ औं दिन सोमबार अदालतमा उपस्थित भएका हुन् ।

जिसी अदालतमा हाजिर भएसँगै उनको बयान लिने काम शुरु भएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

सोमबार बयान सकिए थुनछेक बहस हुनेछ । श्रेष्तेदार अवस्थीका अनुसार बयान सकिएर आदेश नआउन्जेलसम्म जिसी हिरासतमा रहनेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १२ : २५ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो