निश्चलको स्वीकारोक्ति – हामी त्यहीँनिर चुकिरहेका छौँ « Khabarhub

निश्चलको स्वीकारोक्ति – हामी त्यहीँनिर चुकिरहेका छौँ


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दर्शकलाई पनि थाहा छ कि, नेपाली फिल्मले यो वर्ष दर्शक पाउन सकेका छैनन् । मेकर पनि बडो दुःख गरेर फिल्म बनाउँछन् । चलेका कलाकार लिन्छन् । तर फिल्म हलमा आउँदा दर्शकले ती फिल्म हेर्नै खोज्दैनन् ।

दर्शकको पनि गुनासो के रहने गर्छ भने नेपालमा स्तरीय फिल्म बन्नै छोडे । बनेका फिल्ममा पनि के पुगेन पुगेन भन्ने हुन्छ ।

यो वर्ष रिलिज भएका केही फिल्मले बाहेक अरु फिल्मले लगानी उठाउन पनि सकेनन् । दशैँ पारेर रिलिज भएका फिल्म ‘छक्का पञ्जा ३’ ले त राम्रो कमाइ ग–यो तर सँगै रिलिज भएको फिल्म ‘जय भोले’ ले भने जेनतेन लगानी सुरक्षित ग–यो ।

दर्शकको पत्याउन छोडेको बजारका कारण फिल्म निर्देशक निश्चल बस्नेतले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय ‘लूट २’ पछि निर्देशनपछि कुनै फिल्म पनि निर्देशन नगरेका निश्चल पनि फिल्म निर्देशनमा हात हाल्न डराइरहेका छन् । बरु उनी एउटा स्तरीय कथाको खोजीमा छन् यतिबेला ।

‘अहिलेको समयमा हेर्दा सबैलाई थाहा भएको कुरा हो कि दर्शकले नेपाली फिल्म हेरिरहनुभएको छैन,’ निर्देशक बस्नेत सुनाउँछन्, ‘कुनै पनि मेकर नहोला, जसले राम्रो फिल्म बनाउन नचाहेको होस्, मेकरले कति मेहनत गरेका छौँ, त्यो हामीलाई थाहा छ ।’

उनी अभिनित फिल्म ‘प्रसाद’ ले राम्रै व्यापार गरेको थियो । फिल्मले उठाएको विषयवस्तुलाई लिएर विभिन्न टिप्पणी भए पनि फिल्मको मेकिङको तारिफ भएको थियो । अरुको कुरा गर्दा केही फिल्मबाहेक यो वर्ष रिलिज भएका फिल्मले भने खासै राम्रो प्रतिक्रिया पाउन सकेनन् ।

‘शायद दर्शकलाई चित्त बुझेन कि, हामीले नै अब यसबारेमा सोच्नुपर्छ होला, हामी कहाँनिर चुकिरहेका छौँ ?’, निश्चल प्रश्न गर्छन् ।

उनका अनुसार फिल्म राम्रो बनाउन सक्नुपर्छ । अझ अहिले त दर्शकलाई चित्त बुझ्ने फिल्म बनाएर मात्र पनि पुग्दैन । फिल्मको प्रचारमा पनि नयाँपन अपनाउनुपर्छ ।

‘राम्रो फिल्म बनाएर मात्र पनि हुँदैन, राम्रो किसिमले प्रचार गर्न सकेन भने हामीले बनाएको फिल्म हेर्न दर्शक हलसम्म पुग्नुहुन्न ।’, निश्चल थप्छन् ।

अब फिल्मको प्रचारप्रसार शैलीमा पनि फरकपन उपनाउनुपर्ने उनको शैली छ । हुन पनि अहिले बनेका फिल्मको स्वाद मात्र होइन, प्रचार शैली पनि बिल्कुलै उस्तै हुन्छ । ‘हामीले फिल्मबारे जानकारी त दिएका छौँ तर दर्शकलाई हेर्न जाऊँ जाऊँ जस्तो बनाउन सकिरहेका छैनौँ ।’, निश्चल भन्छन् ।

निश्चलले अनस्किृनमा देखिएका गीत तथा फिल्महरु देख्दा आफैलाई लाज लाग्ने गरेको सुनाउँछन् । दर्शकलाई भने अहिले निश्चल बस्नेतले नयाँ फिल्म कहिले बनाउलान् भन्ने कुराको प्रतीक्षा छ ।

यता निश्चल आफूले दमदार कथा नपाएसम्म फिल्म निर्देशन नगर्ने बताउँछन् । पछिल्लो समय उनी फिल्म निर्देशनमा सेलाएका छन् । अरुका फिल्ममा भने निरन्तर काम गरिरहेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १२ : ३६ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया