जापान नेपालका लागि आकर्षक श्रम गन्तव्य : मन्त्री विष्ट « Khabarhub

जापान नेपालका लागि आकर्षक श्रम गन्तव्य : मन्त्री विष्ट


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकलाई सुरक्षित र व्यवस्थित काम गर्न जापान सरकारसँग श्रम सम्झौतामा हस्ताक्षर भएको बताएका छन् । उनले जापान नेपाली कामदारका लागि सुरक्षित र आकर्षक गन्तव्य बन्ने दाबी गरे ।

आज (सोमबार) दुई देशका अधिकारीबीच भएको श्रम सम्झौतापछि आफ्नो धारणा राख्दै मन्त्री विष्टले विगत लामो समयको नेपाल जापानको घनिष्ट सम्बन्ध अब श्रम र रोजगारीका क्षेत्रमा पनि पुगेको बताए ।

श्रम सम्झौता गरेर नेपाली कामदार लैजाने विषयमा लामो समयदेखि छलफल भएको बताउँदै मन्त्री विष्टले त्यो छलफलको निर्णायक दिन आज भएको बताए ।
जापानले कृषि, उद्योग, पर्यटनलगायतका १४ क्षेत्रमा काम गर्ने दक्ष कामदार लैजाने ९ देशको सूचीमा नेपाल अग्रभागमा पर्नु सुखद कुरा रहेको मन्त्री विष्टले बताए ।

नेपाली कामदारलाई जापान लैजान नेपालका लागि जापानका राजदूत मासमिजी साइगोले खेलेको भूमिका उल्लेख्य र प्रसंशनीय रहेको मन्त्री विष्टले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १ : २६ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६