जापान नेपालका लागि आकर्षक श्रम गन्तव्य : मन्त्री विष्ट | Khabarhub Khabarhub

जापान नेपालका लागि आकर्षक श्रम गन्तव्य : मन्त्री विष्ट


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकलाई सुरक्षित र व्यवस्थित काम गर्न जापान सरकारसँग श्रम सम्झौतामा हस्ताक्षर भएको बताएका छन् । उनले जापान नेपाली कामदारका लागि सुरक्षित र आकर्षक गन्तव्य बन्ने दाबी गरे ।

आज (सोमबार) दुई देशका अधिकारीबीच भएको श्रम सम्झौतापछि आफ्नो धारणा राख्दै मन्त्री विष्टले विगत लामो समयको नेपाल जापानको घनिष्ट सम्बन्ध अब श्रम र रोजगारीका क्षेत्रमा पनि पुगेको बताए ।

श्रम सम्झौता गरेर नेपाली कामदार लैजाने विषयमा लामो समयदेखि छलफल भएको बताउँदै मन्त्री विष्टले त्यो छलफलको निर्णायक दिन आज भएको बताए ।
जापानले कृषि, उद्योग, पर्यटनलगायतका १४ क्षेत्रमा काम गर्ने दक्ष कामदार लैजाने ९ देशको सूचीमा नेपाल अग्रभागमा पर्नु सुखद कुरा रहेको मन्त्री विष्टले बताए ।

नेपाली कामदारलाई जापान लैजान नेपालका लागि जापानका राजदूत मासमिजी साइगोले खेलेको भूमिका उल्लेख्य र प्रसंशनीय रहेको मन्त्री विष्टले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १ : २६ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड