अमेरिकासँगको वार्ताका लागि उत्तर कोरिया अझै ‘सकारात्मक’ « Khabarhub

अमेरिकासँगको वार्ताका लागि उत्तर कोरिया अझै ‘सकारात्मक’


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सियोल– उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनः फिर्ता पठाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनामको हनोईमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि उत्तर कोरिया र अमेरिकाबीच अन्यौल बढिरहेका समय गत हप्ता प्योङयाङले एक तर्फीरूपमा आफ्ना कर्मचारीलाई उक्त कार्यालयबाट फिर्ता बोलाएको थियो ।

तर कर्मचारी फिर्ता बोलाएको केही दिनमै उत्तर कोरियाले आफ्ना केही कर्मचारीलाई सम्पर्क कार्यालयमा फिर्ता पठाउनुले उत्तर कोरिया अझै पनि छलफल र वार्ताका लागि तयार रहेको पुष्टि गर्ने प्रयास प्योङयाङको रहेको देखिएको छ ।

“केही उत्तर कोरियाली कर्मचारी दक्षिण–उत्तर संयुक्त सम्पर्क कार्यालयमा सोमबारदेखि फर्केका छन्,” पछिल्लो गतिविधिबारे जानकारी गराउँदै दक्षिण कोरियाली एकीकरण मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई कोरियाबीचको सम्बन्धमा केही सुधार आएपछि यसलाई दीर्घरूप दिन र कोरियाली प्रायद्वीपलाई निशस्त्रीकरण गर्न कोरियाली सीमा क्षेत्रस्थित उत्तरी शहर केसङमा गत बर्षको सेप्टेम्बरमा स्थापना गरिएको थियो ।

उत्तर कोरियाले कर्मचारी फिर्ता बोलाउनुको कारणबारे कुनै औपचारिक धारणा सार्वजनिक नगर्दै उसले कर्मचारीलाई पुनः फिर्ता पठाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १ : ५२ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका