सलिनमानले भने – ‘नम्बर वान’सँग भिड्दै छु, भाग्नुभन्दा भिड्न ठीक ठानेँ « Khabarhub

सलिनमानले भने – ‘नम्बर वान’सँग भिड्दै छु, भाग्नुभन्दा भिड्न ठीक ठानेँ


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘यात्राः द म्युजिकल भ्लग’ मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता सलिनमान बनियाँले आफूलाई भाग्नुभन्दा भिड्नु ठीक लागेकाले चैत्र २९ गते अर्का स्टार कलाकार अनमोल केसीसँग भिड्न लागेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजना गरिएको फिल्म ‘यात्रा’ को ट्रेलर रिलिज कार्यक्रममा पत्रकारले सोधेको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

नयाँ वर्षको अवसर पारेर एउटै मितिमा दुई स्टारका फिल्म ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ रिलिज हुँदैछन् । अझ रोचक कुरा के छ भने फिल्म ‘ए मेरो हजुर २’ लाई झरना थापाले निर्देशन गरेकी थिइन् । उनले उक्त फिल्मबाट सलिनमान बनियाँलाई डेब्यु गराएकी थिइन् । सलिनमान भने फिल्म ‘यात्रा’ बाट निर्देशक झरना थापाकै फिल्मसँग प्रतिस्पर्धा गर्दैछन् ।

सलिनमानले पत्रकारले सोधेका थिए, ‘यही मितिमा अर्का फिल्मसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो महसूस गर्नुभएको छ ?’

प्रश्नको उत्तरमा सलिनमानले भने, ‘रोनाल्डोसँग पनि मेस्सीसँग प्रतिस्पर्धा हुन्छ, जसले जितेपनि अर्कोले हारेको भन्ने हुँदैन ।’

उनको भनाइ थियो, ‘मेरो प्रतिस्पर्धा पनि नम्बर एकसँग हो नि, भाग्नुभन्दा भिड्नु ठीक लाग्यो ।’

उनको यो भनाइसँगै सलिनमानले अनमोल केसीलाई नम्बर वान स्वीकारेको प्रष्ट भएको छ । सँगै उनले आफूलाई पनि अनमोलभन्दा कम नभएको प्रमाणित गर्न खोजेका छन् ।

फिल्म ‘यात्रा’ मा सलिनमानको मुख्य भूमिका छ भने फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ३ : १६ बजे

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक

दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

चितवन– दसैँका अवसरमा २० हजार ८७ जनाले चितवन राष्ट्रिय निकुञ्ज

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन