सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको विधेयकप्रति कांग्रेसको कडा आपत्ति « Khabarhub

सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको विधेयकप्रति कांग्रेसको कडा आपत्ति


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेस संसदीय दलको सोमबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुने गरी आएको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । संविधान प्रतिकूल हुनेगरी प्रधानमन्त्री आफैले सेना परिचालन गर्ने प्रावधानसहित आएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ । प्रमुख सचेतक खाँडले प्रेस स्वतन्त्रता र सूचना प्रविधि माथिनै अंकुश लगाउने गरी आएको सो विधेयक स्विकार्य नहुने निर्णय पनि संसदीय दलको बैठकले गरेको बताए ।

त्यसै गरी काँग्रेस संसदीय दलको बैठकले महंगी नियन्त्रण, शान्ति सुरक्षाको प्रत्याभूति, जनसरोकारका विषयमा सरकारलाई जवाफदेही बनाउन दवावमूलक कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ४ : २६ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १