वन कर्मचारीको कमाउ धन्दा, जडिबुटी निकासीमा डेढ करोडको घोटाला « Khabarhub

वन कर्मचारीको कमाउ धन्दा, जडिबुटी निकासीमा डेढ करोडको घोटाला


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– तत्कालीन जिल्ला वन कार्यालय डोल्पाका कर्मचारीले जडिबुटी निकासीमा अनियमितता गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

जिल्ला वन कार्यालयका कर्मचारीहरुले स्थानीय जग्गा धनी तथा जडिबुटी ठेकेदारसँगको मिलेमतोमा डेढ करोड रुपैयाँ बराबरको अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट पत्ता लागेको छ ।

तत्कालीन जिल्ला वन अधिकृत राम तिवारी ठाकुरसहितले निजी हकभोगको जग्गाबाट जडिबुटी संकलन गरेको भनी नक्कली छुटपूर्जी बनाएर राष्ट्रिय वनबाट संकलन गरिएको जटामसी बाहिरी जिल्ला निकासी गरेका थिए ।

जिल्ला वन अधिकृत ठाकुरसहितको मिलेमतोमा १ लाख ८५ हजार ९ सय ९६ किलो जटामसी नक्कली छुटपूर्जी बनाएर जिल्ला बाहिर निकासी गरिएको थियो । अख्तियारका अनुसार उक्त जटामसीको मूल्य १ करोड ४८ लाख ६९ हजार ६ सय ८० रुपैयाँ बराबरको हुन आउँछ ।

अख्तियारले तत्कालीन जिल्ला वन अधिकृत ठाकुर, फरेस्टर रुद्र बहादुर बुढा तथा भीम बहादुर बुढाविरुद्ध जनही १ करोड ४८ लाख ६९ हजार ६ सय ८० रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ५ : १३ बजे

गान्धीको समाधिस्थलमा प्रधानमन्त्री बालेनद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले महात्मा गान्धीको समाधिस्थलमा माल्यार्पण गरी श्रद्धाञ्जली

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

नयाँ दिल्ली- भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र

ओखलढुङ्गामा जिप दुर्घटना हुँदा ९ जना घाइते

ओखलढुङ्गा–  सिद्धिचरण नगरपालिका –०२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो

दिल्लीमा प्रधानमन्त्री बालेनलाई ‘गार्ड अफ अनर’ प्रदान (तस्बिरहरू)

काठमाडौं– भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई राष्ट्रपति

लगातार घटेको सुनचाँदीको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल