वीर अस्पतालमा मृत्युसँग लडिरहेका 'फिलिप माल्कोम' भन्छन् : आफ्नै देशमा मर्न चाहन्छु | Khabarhub Khabarhub

वीर अस्पतालमा मृत्युसँग लडिरहेका ‘फिलिप माल्कोम’ भन्छन् : आफ्नै देशमा मर्न चाहन्छु


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– वीर अस्पतालको आकस्मिक सेवा विभागको एक नम्बर शय्यामा वेवारिसे बिरामी कहिल्यै टुट्दैनन् ।

आइतबार हामी त्यहा पुग्दा त्यही शय्यामा एकजना वेवारिसे बिरामी सुप पिउँदै थिए । सेतो कपालमा खैरो रंग, सेतै फुलेको दारी, चाउरी परेको मलिन अनुहार थियो उनको । अस्पतालको सागुरोको शय्यामा कम्मल ओडेर बसेका उनको सट भने सुकिलो देखिन्थ्यो । गोरो वर्णका उनलाई देख्नेले सजिलै पहिचान गर्न सक्थे,उनी नेपाली नागरिक होइनन् ।

रोगले थला परेर उठ्न नसके पनि उनीसँग कुरा गर्न चाहनेहरुसँग अंग्रेजीमा विस्तारै बोल्थे । उनी बोल्न सक्ने अवस्थामा रहेकाले हामीले उनीसँग केही कुराकानी गर्‍यौं ।

उनले आफ्नो नाम ‘फिलिप माल्कोम’ र आफू बेलायती नागरिक भएको बताए । माल्कोमले आफूले देश छाडेर विदेशी मुलुकमा घुमफिर गरेर जीवन बिताएको २० वर्ष भएको खबरहबलाई बताए ।

‘म संगितकर्मी हो । मैले मेरो देश छोडेर विदेश घुम्न थालेको २० वर्ष भयो, सन् २०१२ देखि नै भारतमा ९ महिना र नेपालमा ३ महिना बस्ने गर्थें,’ उनले अंग्रेजी भाषामै आफ्नो बारेमा बताए, ‘दुईवर्ष देखि म नेपालमै छु ।’

उनले आफू काठमाडौंको ठमेलमा रहेको सांग्रिला लजमा बस्ने गरेको र आफू ४ महिनादेखि बिरामी परेको खबरहबलाई बताए ।

‘४ महिनादेखि म बिरामी छु, धेरै टाढा घुम्न पनि सक्दिन त्यसैले काठमाडौंमै छु ।’ दुईसाता अघिदेखि अस्पतालमा छु ।’

उनले नेपालमा आफ्ना साथीहरु रहेको र उनीहरुले नै अस्पतालमा छाडिदिएको बताए । तर आफ्ना साथीहरुको विषयमा माल्कोमले कुनै जानकारी दिएनन् ।

उनले आफू बेलायत हुँदा कमाएको पैसा बैंकमा रहेको र एक नेपाली किशोरीको नेपालमा भएको बैंक खातामा ट्रान्फर गरेर प्रत्येक १५ दिनमा ५ सय पाउण्ड निकाल्ने र खर्च गर्ने गरेको बताए ।

उनले बेलायतमा आफ्नो परिवार र आफन्त कोही नभएको बताएका छन् । दुईवर्ष अघि नेपाल आएका माल्कोमको भिसाको म्याद एक वर्ष अघि नै सक्किएको बताए ।

भिसाको म्याद रहँदै आफ्नो देश फर्कन चाहे पनि अस्वस्थ्य रहेकाले आफू फर्कन नसकेको माल्कोमले बताए । उनी दुईसाता अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए ।  माल्कोमलाई शुक्रराज अस्पतालले शुक्रबार वीर अस्पतालमा रेफर गरेको थियो ।
माल्कोमलाई लिभर क्यान्सर र हेपटाइटिस–सी भएको वीर अस्पतालका चिकित्सकले बताएका छन् ।

वेवारिसे अवस्थामा रहेका उनलाई वीर अस्पतालले आकस्मिक सेवा विभागको एउटा शय्यामा आकस्मिक उपचार मात्रै दिएको छ । उनको थप उपचार हुन सकेको छैन । वीर अस्पतालको आकस्मिक सेवा विभागमा बिरामी लिएर पुगेकाहरुको नजर ती वेवारिसे विदेशी नागरिककैमा पुग्थ्यो । रोगले च्यापेर वेवारिसे अवस्थामा भेटिएका बिरामीलाई प्रहरी तथा अन्य व्यक्तिले अस्पतालको आकस्मिक सेवा विभागमा ल्याएर छाडिदिन्छन् । अस्पतालले त्यस्ता बिरामीलाई त्यहि शय्यामा राखेर आकस्मिक उपचार गर्छ ।

विभिन्न रोगले थला परेका वेवारिसे बिरामीहरु आकस्मिक सेवा विभागमा हुने उपचारले निको भएमा फर्किन्छन् । तर धेरैजसो बिरामीले त्यही शय्यामा अन्तिम स्वास लिएका घटनाहरु धेरै छन् । आफन्तको स्याहार र राम्रो उपचार नपाउँदा वीर अस्पतालको आकस्मिक सेवा विभागमा धेरै व्यवारिसे बिरामीले ज्यान गुमाइसकेका छन् । बेलायती नागरिक माल्कोम पनि त्यही शय्यामा जसोतसो स्वास लिइरहेका छन् ।

उनलाई आफ्नै देशमा फर्किने चाहना छ ।‘म बेलायतको नागरिक हो, म आफ्नै देशमा फर्कन चाहन्छु । म आफ्नै देशमा मर्न चाहन्छु ।’ उनले खबरहबसँग आफ्नो पीडा सुनाए ।

माल्कोमलाई रमक निकाल्न सहयोग गर्ने नेपाली युवती को हुन् ?

वीर अस्पतालमा हामीसँग कुराकानी गर्दैगर्दा माल्कोमलाई बैंकखाताबाट रकम ट्रान्सफर गर्न सहयोग गर्ने युवती पनि आइन् ।

माल्कोम बिरामी परेपछि आफैले नै टेकु अस्पतालमा लेगेकी थिइन् । टेकु अस्पतालमा दुई सातादेखि माल्कोम भर्ना हुँदा ती युवती कहिलेकाहीँ मात्रै अस्पतालमा गएको अस्पतालका एक चिकित्सकले बताए । उनका अनुसार अस्पतालमा कहिलेकाही जाने ती युवतीलाई माल्कोमले आफ्नो गर्लफ्रेण्ड भएको बताएका थिए ।

वीर अस्पतालमा आएकी ती युवती शुरुमा बोल्न चाहिनन् ।

‘माल्कोमले अस्पतालका नर्स डाक्टरलाई म गर्लफ्रेण्ड हो भनेछ, म उसको गर्लफ्रेण्ड होइन, उनले आफूमाथि लागेको आरोप गलत भएको मात्रै बताइन् । उनले आफू र माल्कोम साथी मात्रै भएको बताइन् ।

ठमेलको एक ट्राभल एजेन्सीमा काम गर्ने बहिनी माफर्त माल्कोमसँग चिनजान भएको र नेपालमा माल्कोमको बैंकमा रहेको रकम निकाल्न मात्रै आफूले सहयोग गरिदिने गरेको उनले बताइन् ।

‘मैले मेरो बहिनीमार्फत माल्कोमलाई चिनेको हो । उसको यहाँ कोहीपनि नभएकाले उसले आफ्नो देशमा भएको बैंक खाताको रमक मेरो बैंक खातामा ट्रान्सफर गरिदिन्थ्यो,’ उनले भनिन्, ‘मैले उसको पैसा निकालेर दिन्थें र उसले नेपालमा बस्दा खर्च गर्थ्यो ।’

दुईवर्षसम्म माल्कोमको रमक निकाल्न सहयोग गर्दै आएको बताउने ती युवतीले माल्कोमको रमक निकाल्न सहयोग गर्दा आफू फसेको भन्दै हामीसँग रिस पोखिन् ।

‘उसले नेपालमा घुमफिर मात्रै गर्छ केही काम गर्दैन, मैले त उसको पैसा निकाल्न मात्रै सहयोग गरिदिएको हो । माल्कोमको विषयमा मैले बोले अब मेरो विषयमा नसोध्नुस्,’ उनले रिसाउँदै भनिन्, ‘उ बिरामी भएर उपचार खर्च चाहिन्छ भनेर मात्रै चुपलागेको छु, रिस उठ्योभने म खाता नै बन्द गरिदिन्छु ।’

ती युवतीले नै माल्कोम लागू पदार्थ दुर्व्यसनीमा रहेको समेत बताइन् । ती युवती आफू पनि बिरामी भएको भन्दै माल्कोमलाई त्यही छाडेर अस्पतालबाट बाहिरिएकी थिइन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ९ : ४९ बजे

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको