प्रचण्ड र अमेरिकी उपसहायक विदेशमन्त्रीबीच भेटवार्ता « Khabarhub

प्रचण्ड र अमेरिकी उपसहायक विदेशमन्त्रीबीच भेटवार्ता


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्नी सीताको उपचारार्थ अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी विदेशमन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी व्युरोकी उपसहायक विदेशमन्त्री अलिस जी वेल्ससँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष प्रचण्ड र सहायक विदेशमन्त्री वेल्सबीच अमेरिकाको राजधानी वाशिंटन डीसीस्थित अमेरिकी विदेशमन्त्रालयमा भेटवाता भएको हो । भेटवार्तामा प्रचण्ड र उपसहायक विदेशमन्त्री वेल्सबीच नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्धबारे छलफल भएको जनाइएको छ ।

नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै प्रचण्ड र वेल्सबीच भेटवार्ता भएको जनाएको हो । पत्नी सीताको उपचारका क्रममा अमेरिका भ्रमणमा रहेका प्रचण्डले राजनीतिक भेटवार्तालाई पनि तीव्रता दिएका हुन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ९ : ४० बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको