चिनियाँ होटलको छतमा नेपालको राष्ट्रिय झण्डा « Khabarhub

चिनियाँ होटलको छतमा नेपालको राष्ट्रिय झण्डा


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सियान– राष्ट्रपति विद्यादेवी भण्डारीलाई सान्सी प्रान्त सरकारले राखेको होटेल पिपल्स ग्रान्डलाई नेपाली राष्ट्रपति निवासजस्तै रूपमा देखाउने प्रयास गरिएको सान्सीका अधिकारीहरुले गरेका छन् ।

राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको केन्द्र सियान आइपुगेकी हुन् । राष्ट्रपति भण्डारी यहाँ पुगेसँगै यस होटेलको छतमा नेपालको झण्डा फहराइएको छ ।

त्यसो त सन् १९५३ मा स्थापना हुँदा यो होटेल सान्सी प्रान्तको सरकारी अतिथिगृहको रुपमा रहेको थियो ।

फ्रान्सेली कम्पनी सोफिटेल लिजेन्डसँग व्यापारिक साझेदारीमा परिणत यस होटेलको नाम हाल सोफिटेल लिजेन्ड पिपल्स ग्रान्ड होटेल रहेको छ ।

सियान सान्सी प्रान्तको केन्द्र हो भने यसको जनसङ्ख्या करिब एक करोड भएको अनुमानगरिएको छ ।

सान्सी प्राप्तको जनसङ्ख्या तीन करोड ८० लाख भएको अनुमान गरिएको एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ११ : ३९ बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका