भूकम्प गएको ४ वर्षमा ३० प्रतिशत घर मात्रै बने, पीडित नै आउँदैनन् किस्ता लिन « Khabarhub

भूकम्प गएको ४ वर्षमा ३० प्रतिशत घर मात्रै बने, पीडित नै आउँदैनन् किस्ता लिन


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चितवन– भूकम्प गएको ४ वर्ष पुग्दै गर्दा भूकम्पका कारण घरविहीन भएका ३० प्रतिशतको मात्र नयाँ घर बनेका छन् । १२ वैशाख २०७२ को भूकम्पका कारण चितवनका ७ हजार ३ सय ३५ घर पूर्णरूपमा क्षति भएका थिए । तीमध्ये २ हजार २ सय १५ घर मात्रै बन्न भ्याएका छन् ।

भूकम्पबाट क्षति भएका घर निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार घर निर्माणले गति लिनसकेको छैन ।

कार्यालयका इञ्जिनीयर सुजन नेपालका अनुसार जिल्लामा रहेका लाभग्राहीमध्ये पहिलो किस्ता सम्झौता गर्नेमा ५ हजार ८ सय १० घरधुरी रहेका छन् । उनीहरुले पहिलो किस्तावापतको  ५० हजार लगिसकेका छन् । यस्तै पहिलो किस्ता लानेमध्ये ३ हजार ८४२ घरधुरीले दोस्रो किस्तावापतको १ लाख ५० हजार लगेका छन् । तेस्रो किस्तावापत लाभग्राहीलाई सरकारले निर्माणको काम सम्पन्न प्रमाणित भइसकेपछि १ लाख दिने प्रावधान बनाएको छ ।

जिल्लामा विसं २०७४ साउनमा कार्यालय स्थापना भएको भए पनि प्राविधिकहरु पुसबाट मात्रै कार्यक्षेत्रमा आएका कारण कामलाई चुस्त बनाउन नसकिएको नेपालले बताए । प्राविधिक कार्यक्षेत्रमा जानुअगाडि नै प्राधिकरणको मापदण्डविपरीत घर बनाउनु, वन क्षेत्रमा रहेका लाभग्राही र ऐलानी जग्गामा रहेका घरधुरीको विषयमा सरकारले निर्णय गर्न ढिलाइ गर्नुले कामलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेको उनको भनाइ छ ।

विसं.२०७२ मा आएको बिनाशकारी भूकम्पका कारण जिल्लामा ५९३ घरधुरी आङ्शिकरूपमा क्षति भएका थिए । तीमध्ये ४३१ ले मात्र पहिलो किस्ता सम्झौता गरेको भए पनि दोस्रो किस्ताका लागि कोही नआएको इन्जिनियर नेपालले बताए ।

पुनःनिर्माण प्राधिकरणले गुनासो सुनुवाइका लागि आवेदन माग गरेको समयमा जिल्लाबाट ६ हजार १८ उजुरी परेका थिए । परेका उजुरीमाथि गाँउमा गएर अनुगमन गर्ने काम भइरहेको छ ।

कार्यालयले जिल्लामा प्रभावकारी रूपमा काम गर्ने तीन वडालाई सम्मानका लागि प्राधिकरणमा सिफारिशसमेत गरेको छ । सम्मानका लागि छानिएका वडा सबै इच्छाकामना गाउँपालिकाका रहेका छन् । गाउँपालिकाको वडा नं १, ३ र ४ सम्मानका लागि छनोट भएको नेपालले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  १२ : २५ बजे

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित