समयमै पुनर्निर्माणको काम पूरा गर्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

समयमै पुनर्निर्माणको काम पूरा गर्न प्रधानमन्त्रीको निर्देशन


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयभित्रै पुनर्निर्माणको काम सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बाँकी रहेको २० महिना भित्र सबै काम सम्पन्न हुने गरी पुनर्निर्माणको काम सम्पन्न हुने पनि विश्वास व्यक्त गरे । उनले भूकम्पीय जोखिमबाट निराश नहुन पनि सर्वसाधारणलाई अपिल गरे ।

चार वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा काठमाडौंको बसन्तपुरमा बिहीबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक भूकम्पीय जोखिम भएकाले नै त्यसको असर नहुने गरी भूकम्प प्रतिरोधि घर निर्माणका लागि सरकारले आवश्यक सबै खालको सहयोग गरिरहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले पुरानै शैलीबाट सम्पदाहरुको पुनर्निर्माण हुनेमा पनि ढुक्क हुन सबैलाई आग्रह गरे । उनले विगतका भन्दा अझ आर्कषक र आधुनिक ढंगले सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिइएको पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुराना सम्पदाहरुको संरक्षण हुने गरी ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदा भएका बस्तीहरुको पुनर्निर्माणको लागि गुरुयोजना पनि तय गरिएको जानकारी दिए ।

उनले सम्पदाहरुको संरक्षणमा स्थानीय सरकार पनि अग्रसर हुने गरी गुरु योजना तय गरिएकाले हाम्रा सम्पदाहरुको संरक्षण हुँदैनकी भन्ने शंका गरिरहन नपर्ने पनि स्पष्ट पारे ।

प्राधिकरणले विश्वमै उदाहरणीय हुने गरी पुनर्निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्ने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको प्रतिवद्धता जनाए ।

प्राधिकरणले सम्पदाहरुको पुनर्निर्माणको कामलाई तीव्रता दिनेगरी आवश्यक योजना र बजेट तय गरिएको पनि जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ३ : ३४ बजे

अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन

अर्घाखाँची– डिभिजन वन कार्यालयले अर्घाखाँचीस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन– चितवनस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक

फिल्मको व्यापार चौपट, स्टारहरूकै बिजोग

काठमाडौं – २०८२ सालको फागुन अन्तिमसम्म आइपुग्दा यस वर्ष करिब

स्वरोजगारका लागि सीपमूलक तालिम

कञ्चनपुर– स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले १३३

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि