युएईसँग मलेसियाको मोडलमै श्रम सम्झौता हुँदै | Khabarhub Khabarhub

युएईसँग मलेसियाको मोडलमै श्रम सम्झौता हुँदै


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले युएईसँग नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा श्रम सम्झौता गर्ने भएको छ ।

काठमाडौंमा दुई दिनदेखि चलेको प्रविधिक कमिटिको बैठकले मलेसियाको मोडलमै श्रम सम्झौता गर्ने गरि सहमति गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सहसचिव उमेश ढुंगानाले जानकारी दिए ।

प्राविधिक कमिटीको बैठकले सन् २००७ को श्रम समझदारीलाई पुन नवीकरण गदै नयाँ श्रम समझदारी एमओयू गर्ने सहमति गरिएको सहसचिव ढुंगानाले बताए । उनले भने, ‘युएईसँग श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान पहिला नै भइसकेको छ । पहिलो चरणमा युएईले पठाएका मस्यौदामा नेपाली श्रमिकको हीतमा नभएकाले दोस्रो पटकको एजेन्डामा नेपालले स्पष्ट थियो । हाल भएको प्रविधिक कमिटीको बैठकले मुर्त दिएको हो ।’

युएईसँग दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भइसकेको उनको भनाइ छ ।

कमिटीको बैठकले दुबै देशको मन्त्रिपरिषदमा समझदारीको मस्यौदालाई पेश गरेर पारित गरेपछि औपचारिक हस्ताक्षरका लागि मिति तय गर्ने निर्णय भएको हो । युएईसँग पनि मलेसियाकै मोडलमा श्रम सम्झौता हुने भएको हो । युएई रोजगारीमा जाने कामदारले पनि नि शुल्कदरमै जान पाउने गरि मस्यौदा तयारी गरिएको सहसचिव ढुंगानाले जानकारी दिए । अब सम्झौता पत्रमा हस्ताक्षर भएपछि श्रमिक आपूर्ति गर्दा सवै खर्च रोजगारदाता देशले नै ब्यहोर्ने उनले जानकारी दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट श्रममन्त्री भएपछि नेपालले जापान र मलेसियासँग श्रम समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ५ : ३२ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने