किम जोङ उन चढेको रेलले ‘रेड कार्पेट’ मिस गरेपछि… (भिडियो सहित) « Khabarhub

किम जोङ उन चढेको रेलले ‘रेड कार्पेट’ मिस गरेपछि… (भिडियो सहित)


१२ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुस– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न रेलमार्गबाट सुदूरपूर्वी रुसको भ्लादिभोस्तोक शहर पुगेका उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको रेलले रातो कार्पेट ‘मिस गरेको’ भिडियो अहिले भाइरल भइरहेको छ ।

सर्वोच्च नेता किम चढेको रेलबाट उत्रने बेला किम चढेको रेलका डिब्बा उनलाई स्वागत गर्न ओछ्याइएको रातो कार्पेट कटेर केही अगाडी गयो ।

भ्लादिभोस्तोक रेल स्टेशनमा सर्वोच्च नेता किम चढेको रेल रोकिएपछि उनका सहयोगीले उनलाई ओर्लिन सजिलो होस् भनेर रेलको डिब्बाको ढोकामा र्‍याम्प राख्न तयार भएका थिए । तर, उनी रहेको डिब्बाको ढोका रातो कार्पेट कटेर केही अघि गएपछि भने र्‍याम्प कहाँ राख्ने भनेर उनका सहयोगी रनभूल्लमा परेका थिए ।

त्यसपछि उनी चढेको रेललाई केही फिट पछि सारियो र रातो कार्पेट ओछ्याइएको ठाउँमै मिल्नेगरी रोकियो । त्यसपछि उनका सहयोगीले उनी रहेको डिब्बाको ढोका र रातो कार्पेटसँग जोडेर र्‍याम्प राखे ।

त्यसपछि सर्वोच्च नेता किम रेलबाट कालो ओभरकोट र कालो फिडोरा टोपी लगाएर बाहिर निस्के ।

यस्तो छ भिडियो

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार  ६ : ३१ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक