रुसले अब पूर्वी युक्रेनमा बसोबास गर्नेलाई पनि राहदानी दिने « Khabarhub

रुसले अब पूर्वी युक्रेनमा बसोबास गर्नेलाई पनि राहदानी दिने


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुस– रुसले पृथकतावादीको नियन्त्रणमा रहेको युक्रेनको पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई रुसी राहदानी पाउन सजिलो हुने कानून जारी गरेको छ ।

बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विधेयकमा हस्ताक्षार गर्दै पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेको क्षेत्रमा बसोबास गर्दै आएका रुसी मूलका मानिसहरुलाई रुसले जारी गर्ने राहदानी पाउन सजिलो हुने कानून जारी गरेका हुन् । उनले हस्ताक्षार गरी कानूनी मान्यता दिएको भनिएको विधेयकलाई रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

पछिल्लो ५ वर्षयता पूर्वी युक्रेनको लुहान्स्क र डोनेत्स्क क्षेत्रमा रुस समर्थित पृथकतावादी समूहले ठूलो भूभाग नियन्त्रण गरी बसेका छन् । त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा रुसी मूलका मानिसहरुको बसोबास रहेको बताइन्छ । रुसले पछिल्लो कानून लागू गरेसँगै अब त्यस क्षेत्रमा बसोबास गर्ने रुसी मूलका युक्रेनीले रुसी राहदानीका लागि आवेदन दिन सक्नेछन् ।

यता हालै युक्रेनको राष्ट्रपतिमा भारी बहुमतसहित निर्वाचित भएका हास्यक कलाकार भोलोदिम्यिर जेलेन्स्कीले भने रुसको पछिल्लो कदमका चर्को आलोचना गर्दै रुस उसै पनि आक्रमक मुलुक भएको टिप्पणी गरेका छन् । उनले रुसको पछिल्लो कदमले युक्रेनको सार्वभौमिकता उल्लङ्घन गरेको बताउँदै रुसविरुद्ध कठोर कदम चाल्न समेत अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गरेका छन् ।

यसलाई युक्रेनमा हालै निर्वाचित राष्ट्रपतिको परीक्षा लिनका लागि रुसले पछिल्लो कदम चालेको अर्थमा विश्लेषण गरिएको छ । यसअघि नवनिर्वाचित युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मुलुकको पूर्वी क्षेत्रमा जारी हिंसाका शान्तिपूर्ण समाधान खोजिनुपर्नेमा जोड दिँदै आएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ६ : ५१ बजे

राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणमा गएका

निर्वाचन ३१ दिन बाँकी : ३० लाख मतपत्र छापियो

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १९ गते सोमबार फागुन