सान्सी प्रान्तका गभर्नरसँग राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमणदेखि ‘सान्सी स्याउ’सम्मका कुरा « Khabarhub

सान्सी प्रान्तका गभर्नरसँग राष्ट्रपतिद्वारा लुम्बिनी भ्रमणदेखि ‘सान्सी स्याउ’सम्मका कुरा


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सियान– राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा बुद्धधर्मप्रति आस्था राख्ने सबैसँग प्रत्यक्ष सम्बन्ध राखी उनीहरुलाई एक पटक लुम्बिनीको भ्रमण गर्ने अवसर प्राप्त होस् भनी अन्तरराष्ट्रिय विमानस्थल तथा होटेलजस्ता पूर्वाधार विकास गर्न नेपाल सरकारले प्रयास गरिरहेको बताएकी छिन् ।

चीनको सान्सी प्रान्तका गभर्नर लियु गुओचुङ्ससँग बिहीबार भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले लुम्बिनी र सियानबीच सोझो हवाई सम्पर्कमा खासै समय नलाग्ने भएकाले वर्तमान उडानको समय घटाउन सकिने धारणा व्यक्त गरिन् । उनले इतिहासमा चिनियाँ रेशममार्ग नेपालबाट पनि गएकाले यसलाई चिनियाँ नयाँ संस्करण ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’सँग जोड्नुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले चिनियाँ विद्वान् हुएन साङका विषयमा नेपालमा धेरै अध्ययन भएको र उनको अध्ययनमा पनि नेपालका विषयमा धेरै उल्लेख भएको बताउँदै आफूले विहीबार बिहानै सो विषयमा धेरै कुरा जानकारी प्राप्त गरेको बताइन् ।

उनले भनिन्, “चीनले गरेको प्रगतिलाई नेपालले सधैँ प्रशंसा गरेको छ, एक चीन नीतिलाई सधैँ समर्थन गरेको छ ।” उनले सान्सी प्रान्तका गभर्नर गुओचुङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिइन् ।

भेटवार्तामा गभर्नर गुओचुङले राष्ट्रपति भण्डारीले आफ्नो राजकीय भ्रमण सान्सीबाट आरम्भ गरेकामा खुशी व्यक्त गर्दै काठमाडौँ र सान्सीबीच निकै अगाडि भगिनी सम्बन्ध स्थापना भएको उल्लेख गरे। उनले सान्सीले नेपालसँगको सहकार्य सम्बन्ध बलियो बनाउन चाहेको बताउँदै नेपाली मित्रलाई सधैँ स्वागत गरिने स्पष्ट पारे।

राष्ट्रपति भण्डारीले नेपालमा चिनियाँ लगानीलाई प्रोत्साहन गरिएको र जनस्तरमा पनि दुई मुलुकबीच व्यापार सम्बन्ध विस्तार हुँदै गएको बताइन् । उनले नेपाल र सान्सीको वातावरण समान रहेको उल्लेख गर्दै नेपाली जनताले पनि सान्सीको स्याउ मन पराएको बताइन् ।

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची, सङ्घीय संसद्का सदस्य र नेपाल सरकारका उच्च अधिकारी तथा सान्सी प्रान्तका सरकारी अधिकारीको सहभागिता थियो ।

भेटवार्तापछि राष्ट्रपति भण्डारी सान्सी प्रान्तका गभर्नर गुओचुङले आयोजना गरेको दिवाभोजमा सरिक भएकी थिइन् ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ७ : ३१ बजे

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था