‘फलोअप चेकअप’का लागि भक्तपुर क्यान्सर अस्पतालमा खानेपानी मन्त्री मगर « Khabarhub

‘फलोअप चेकअप’का लागि भक्तपुर क्यान्सर अस्पतालमा खानेपानी मन्त्री मगर


१२ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- खानेपानी मन्त्री बिना मगरले  भक्तपुरको क्यान्सर अस्पतालमा ‘फलोअप चेकअप’का गराएकी छिन् । उन स्वास्थ्य अवस्था सामान्य रहेको  अस्पतालले जनाएको छ ।

गएको माघ १३ गते क्यान्सरसम्बन्धी सम्पूर्ण जाँच गराएकी  मन्त्री मगरको  ‘फलोअप चेकअप’ परीक्षणबाट क्यान्सर सम्बन्धी कुनै लक्षण नदेखिएको प्रष्ट भएको हो ।

दुई महिनाअघि गराइएको जाँचको रिपोर्टसहित बिहीबार पुनः फलो अपको लागि क्यान्सर अस्पताल भक्तपुर पुगेकी उनी स्वस्थ रहेको अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले जानकारी दिए ।

‘उहाँ (मन्त्री  मगर) फलो अपको लागि बिहीबार अस्पताल पुग्नुभएको हो’, उनले भने, ‘उहाँको सम्पूर्ण रिपोर्ट नर्मल छ । क्यान्सरसम्बन्धी कुनै लक्षण देखिएको छैन ।’

दुई महिनाअघि नियमित स्वास्थ्य जाँच गरेकी अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. सृष्टि श्रेष्ठ प्रजापतिले नै बिहीबार पनि मन्त्री मगरको स्वास्थ्य जाँच गरेकी थिइन् ।  नियमित स्वास्थ्य जाँचको लागि रगत लिइएको थियो । त्यस्तै अल्ट्रासाउन्डसमेत गरिएको थियो ।

‘खानेपानी मन्त्रीज्यू सम्पूर्ण रिपोर्ट राम्रो छ’, स्त्रीरोग विशेषज्ञ डा. प्रजापतिले भनिन्, ‘उहाँले जस्तै सबैले बेलो बेलामा आफ्नो नियमित स्वास्थ्य जाँच गराउनुपर्छ । जसले रोग हुन लागे नलागेको शुरुमै थाहा हुन्छ र उपचारबाटै निको पार्न सकिन्छ ।’

 

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार  ९ : १६ बजे

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा