बैंकिङ प्रणालीमा थपियो २ खर्ब पुँजी « Khabarhub

बैंकिङ प्रणालीमा थपियो २ खर्ब पुँजी


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार वर्षको अवधिमा बैंकिङ प्रणालीमा झन्डै २ खर्ब रुपैयाँ पुँजी थपिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बैंकिङ प्रणालीमा पुँजी थपिएको राजधानी दैनिकमा खबर छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ३० खर्ब १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । २०७२ सालमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी १ खर्ब ४१ अर्ब ६ करोड रुपैयाँ थियो ।

त्यस यता चार वर्षको अन्तरालमा बैंकिङ प्रणालीमा १ खर्ब ६० अर्ब ३ करोड रुपैयाँ थपिएको हो । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाहरूको चुक्ता पुँजीको पछिल्लो अवस्था सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म वाणिज्य बैंकको चुक्ता पुँजी २ खर्ब ४७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा बैंकहरूको चुक्ता पुँजी २ खर्ब ८२ अर्ब ५ करोड रुपैयाँ पुगेको थियो । त्यस अवधिमा वाणिज्य बैंकहरूको २ खर्ब ३१ अर्ब ५ करोड रुपैयाँ, विकास बैंकहरूको ३८ अर्ब रुपैयाँ तथा वित्तीय कम्पनीको १३ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७२ असार मसान्तमा वाणिज्य बैंकहरूको पुँजी ९८ अर्ब ३ करोड रुपैयाँ थियो । चार वर्षको अवधिमा वाणिज्य बैंकको पुँजी १ खर्ब ४९ अर्ब ३ करोड रुपैयाँ बढेको छ ।

त्यस्तै पत्रिकाले भाजपा एक्लैको ३०३ सिट शीर्षकमा अर्को समाचार छापेको छ । भारतको निर्वाचन आयोगले शनिबार लोकसभा निर्वाचन २०१९ अन्तिम निर्वाचन परिणाम घोषणा गरेको छ । आयोगको औपचारिक नतिजाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) एक्लैले ३०३ सिट जितेको छ । भाजपाले २०१४ को भन्दा २२ सिट बढी जित हासिल गरेको हो ।
भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने ३५२ सिट हासिल गरेको आयोगले सार्वजनिक गरेको छ । यसका साथै मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित भएको छ । शुक्रबार नै उनले राष्ट्रपतिलाई राजीनामा बुझाइसकेका छन् । अब आयोगले राष्ट्रपतिलाई नवनिर्वाचित सदस्यको सूची बुझाउनेछ ।

भाजपाको राष्ट्रवादी तथा हिन्दू धर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकाले उसले एकछत्र जित निकाल्न सफल भएको कतिपय भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

त्यस्तै अझै ८६ प्रतिशत महिला ‘स्यानेटरी प्याड’को पहुँचबाहिरै शीर्षकको समाचारमा सरकारले देशभरमा सहज तरिकाले स्यानेटरी प्याड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आए पनि ८६ प्रतिशत महिला स्यानेटरी प्याडको पहुँचबाहिरै छन् । स्यानेटरी प्याडको पहुँच बाहिर रहन बाध्य हुँदा महिलामा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखापर्ने गरेको चिकित्सकले बताएका छन् । सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समेत सबै विद्यालयका महिनावारी हुने छात्राका लागि स्यानेटरी प्याडको व्यवस्था गरिने उल्लेख छ ।

समाजमा अझै पनि महिनावारीको प्राकृतिक प्रक्रियालाई नकरात्मक दृष्टिकोणले हेर्ने गरिन्छ । उमेरको वृद्धि विकाससँगै नियमित रजस्वलाको समय चक्र किशोरी तथा महिलाहरूमा देखापर्ने गर्छ । यसै समयमा उनीहरूलाई स्यानेटरी प्याडको आवश्यकता पर्छ । स्यानेटरी प्याडको पहुँच नहुँदा फोहोर कपडा प्रयोग गर्न बाध्य हुने गरेका छन् जसले गर्दा प्रजनन अंगमा संक्रमण देखापर्ने जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बताइन् ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ६ : ४६ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र