दुई तिहाइका लागि मोदीलाई ९ सिट पुगेन « Khabarhub

दुई तिहाइका लागि मोदीलाई ९ सिट पुगेन


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ३०३ सिटमा विजयी भएको छ। निर्वाचन परिणामअनुसार सत्तारूढ भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए) ले ३५२ सिट हासिल गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

लोकसभामा भाजपा गठबन्धनलाई दुई तिहाइका लागि ९ सिट कम भएको छ। ५४२ सदस्यीय लोकसभामा स्पष्ट बहुमत पाएपछि अब भाजपा नेता नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार भाजपा सन् २०१४ मा भन्दा यसपटक २२ सिट बढीमा विजयी भएको छ। भाजपाको राष्ट्रवादी तथा हिन्दु धर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकाले एकछत्र जित निकाल्न सफल भएको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

एनडीए गठबन्धनमा रहेका अन्य दलमध्ये शिव सेनाले १८, जनता दल युनाइटेड (जेडीयू) ले १६, लोक जनशक्ति पार्टीले ६, अकाली दल र अप्ना दलले २÷२ सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रिक पार्टी, मिजो नेसनल फ्रन्ट र नेसनल पिपल्स पार्टीले एकएक सिट जितेका छन्। त्यसैगरी भाजपा समर्थन रहेका एक स्वतन्त्र उम्मेदवारले पनि जितेका छन्।

विपक्षी गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय कांग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ। अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ। कांग्रेस नेतृत्वको यूपीए गठबन्धन कुल ८७ निर्वाचन क्षेत्रमा विजयी भएको छ। यस गठबन्धनमा आबद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके) ले २३, नेसनलिस्ट कंग्रेस पार्टी (एनसीपी) ले ५, इन्डियन युनियन मुस्लिम लिगले तीन सिट जितेका छन्।

त्यसैगरी रिभोलुसनरी सोसलिस्ट पार्टी (आरएसपी), केरला कंग्रेस-एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके) ले एक एक सिटमा जित हासिल गरेका छन्। अप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताले संसद्को तल्लो सदन लोकसभाका ५४२ सदस्य चयनका लागि मतदान गरेका थिए।

देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो। बिहीबार बिहानदेखि मतगणना सुरु भएको थियो।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ७ : ०२ बजे

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन