पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्ब, सांसदको ध्यान पैसातिर « Khabarhub

पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्ब, सांसदको ध्यान पैसातिर


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ। भेटी, विशेष पूजा, हुन्डीबाट १ अर्ब २९ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो। यही रकमबाट १ अर्बको अक्षय कोष स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको अन्नपूर्ण पोस्टमा खबर छ।

श्रीपशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले जग्गा छानबिन गर्ने क्रममा रकमको विवरण खुलेको कोषका कोषाध्यक्ष मिलनकुमार थापाले बताए। ‘मन्दिरका नाममा हालसम्म उक्त रकम बचत देखियो’,समितिका संयोजकसमेत रहेका थापाले भने, ‘यसबाटै अक्षय कोष स्थापना गरेका छौं।’

कोषले भेटी तथा पूजा व्यवस्थापन नियमावली बनाएर मन्दिरको भेटीघाटीलाई २०६८ चैत २० देखि व्यवस्थित गर्न थालेको थियो। दैनिक हजारौं भक्तजनले चढाउने भेटी र विशेष पूजाको रकम संकलन गरी बैंकमा राखिँदै आएको छ। अनादिकालदेखि सञ्चालनमा रहेको पशुपतिनाथको भेटीघाटीलाई २०६८ देखि व्यवस्थित गरिए पनि अक्षय कोष स्थापना गरिएको थिएन। भेटीलाई साँझ प्रहरीको रोहबरमा गणना गरी मुचुल्का तयार पारिन्छ। कोषका अनुसार मन्दिरमा दैनिक कम्तीमा १ लाख १५ हजार र बढीमा ३ लाख रुपैयाँसम्म संकलन भएको तथ्यांक छ। विशेष पूजामा ११ हजारको पञ्चामृत पूजादेखि २५ लाखको अतिरुद्रमहाभिषेकसम्म पर्छन्। २०६८ अघिसम्म १२ लाख ९९ हजार रुपैयाँसम्मको पूजा गर्न पाउने व्यवस्था थियो।

अक्षय कोष व्यवस्थित गरी उचित काममा प्रयोग गर्न त्यससम्बन्धी कार्यविधि कोषले बनाइरहेको छ। ‘कोषबाट आपत्विपद्का काम, समाजसेवा, शिक्षा, स्वास्थ्य र विकास निर्माणका काम गरिनेछन्’, उनले भने।

सांसदको ध्यान पैसातिर शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । समाचारमा बजेट तयार पार्न सांसदका सुझाव समेट्न अर्थमन्त्री डा युवराज खतिवडाले केहिदिन अघि गण्डकी प्रदेशका सांसदहरुलाई बोलाएका थिए । उनीहरुले निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमको रकम ४ करोडबाट बढाएर १० करोड पुर्‍याउन माग गरेका थिए ।

आरुबोटे हत्याकाण्डमा सिसाकाण्ड ढाकछोप शीर्षकको समाचारमा सिसाकाण्ड ढाकछोप गर्दा नरसंहार भएको स्थानीयको ठहर छ। प्रहरी प्रशासन र जनप्रतिनिधिले सिसाकाण्ड अनुसन्धानमा आलटाल गरेपछि मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति नौ जनाको बीभत्स हत्या भएको स्थानीयको भनाइ छ।

वैशाख ३० गते जस्मिता फियाकको घरमा थुक्पा खाजा खाँदा आठ जना बिरामी परेका थिए। बिरामी परेपछि खोजी गर्दा नुनमा सिसाको टुक्रा मिसाएको पाइएको थियो। नुनमा सिसा मिसाउनेविरुद्ध प्रहरीमा जाहेरी दिए पनि प्रहरीले अनुसन्धानमा आलटाल गरेको स्थानीय सीता घिमिरेको भनाइ छ। ‘सिसा मिसाउनेविरुद्धको जाहेरीलाई प्रहरीले चासो दिएन’, घिमिरे भन्छिन्, ‘उक्त घटनालाई गम्भीर रूपमा नलिएकाले नौ जनाले ज्यान गुमाउनुपरेको हो।’

जस्मिता फियाकका श्रीमान् धनराज शेर्माले साढुभाइ मानबहादुर माखिमविरुद्ध प्रहरीमा उजुरी दिएको स्थानीयले जानकारी दिएका छन्। धनराजको सोमबार राति वंशनाश हुनेगरी हत्या भएको हो। उनका साढुभाइ माखिम झुन्डिएको अवस्थामा भेटिए। जाहेरी दिनेको परिवार सखाप हुनेगरी हत्या भएको र सिसाकाण्ड मच्चाउने भनिएका माखिम जीवित नभएपछि घटना झन् रहस्यमय बनेको छ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ६ : ३६ बजे

एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित