वाट्स एप चलाउनेको मोबाइलमा जासुसी एप छिर्न सक्छ « Khabarhub

वाट्स एप चलाउनेको मोबाइलमा जासुसी एप छिर्न सक्छ


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामाजिक सञ्जाल वाट्स एपले आफ्नो सुरक्षा कमजोरीका कारण प्रयोकर्ताको मोबाइल फोनमा जासुसी सफ्टवेर इन्स्टल हुन पुगेको पुष्टी गरेको छ ।

वाट्स एपको सञ्चालक संस्था फेसबुकले यसको स्वीकार गर्दै आफ्नो सुरक्षा कमजोरी भएको जनाएको हो । बेलायतको अखबार फाइनान्सियल टाइम्सले यो जासुसी सफ्टवेयर इजरायली एक कम्पनीले विकास गरेको उल्लेख गरेको छ । इजरायली कम्पनी एनएसओ ग्रुपले यो सफ्ट्वेयरको विकास गरेको बताइएको छ । यो कम्पनीलाई साइबर आम्र्स डिलरको रुपमा चिन्ने गरिन्छ ।

यो जासुसी सफ्टवेयर वाट्स एपमा आउने कलको माध्यमबाट मानिसहरुको मोबाइल फोनमा इन्स्टल हुने गर्छ । कुनै प्रयोगकर्ताको मोबाइलमा आउने कल उसले नउठाए पनि उक्त जासुसी सफ्टवेयर आफै इन्स्टल हुने गर्छ । जसले मानिसहरुको व्यक्तिगत विवरण चोरी गर्ने गरेको एक रिपोर्टले जनाएको छ । क्यानडाका सोधकर्ताका अनुसार उक्त जासुसी सफ्टवेयरले मानवअधिकारवादी तथा अधिवक्ताहरुलाई आफ्नो निशाना बनाएको छ । फेसबुकका सफ्टवेयर इन्जिनियरहरुले सुरक्षा कमजारीलाई सुधार गर्ने प्रयास गरिरहेको जनाइएको छ ।

फेसबुकले वाट्स एप प्रयोगकर्ताहरुलाई आफ्नो नयाँ भर्सनलाई अपडेट गर्न आग्रह गरेको छ । नयाँ भर्सनलाई गुगल प्ले स्टोरमा गएर अपडेट गर्न सकिने छ ।

जासुसी सफ्टवेयरले कति मानिसलाई निशाना बनाएको छ भन्ने तथ्यांक अहिलेसम्म खुल्न सकेको छैन । यद्यपि, चर्चित मानिसहरुमाथि साइबर आक्रमण भएको आशंका गरिएको छ । विश्वभर डेढ करोड मानिसले वाट्स एपको प्रयोग गर्ने गरेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  १ : १० बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट