तपाईंको बच्चा झुठो बोल्छन् ? यसरी बदल्नोस् गलत बानी « Khabarhub

तपाईंको बच्चा झुठो बोल्छन् ? यसरी बदल्नोस् गलत बानी


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- साना बच्चाले गरेका कतिपय कुरा हामी सहजै पत्याइहाल्छौँ । तर उनीहरुले गरेका कतिपय कुरा झुठा पनि हुन्छन् । ढाँट्ने बानी परेका बच्चाका कारण कतिपय अविभावक तनावमा पर्ने गरेका छन् । आफ्नो बच्चाको बानीलाई सुधार्न उनीहरुलाई निक्कै मुस्किल परिरहेको हुन्छ । तपाईं पनि यस्तै समस्या झेलिरहनु भएको छ भने केही उपाय अवलम्बन गर्न सक्नु हुनेछ । आउनुहोस् जानी राख्नुहोस् यी सात सहज उपाय ।

बच्चाले गर्ने कुरालाई बेवास्ता नगर्नुहोस्
बालबालिकाले गर्ने सानो–सानो झुठ कुरालाई बेवास्ता नगर्नुहोस् । जस्तो कि तपाईंलाई खुशी पार्न बच्चाले बुबा÷आमा मैले आज धेरैबेरदेखि पढी रहेको छु भन्छन् । यस्तो अवस्थामा तपाईंले उसको कुरालाई पत्याइ हाल्ने भन्दा पनि उसले झुठ बोलिरहेको छ भन्ने ठम्याउन आवश्यक छ । र, उसको झुठलाई सुधार्न झुठो कुरो कुनै पनि हालतमा झुठै हुन्छ भन्ने कुरा सम्झाउनु पर्छ ।

कुराकानी गरेर बच्चालाई सम्झाउनुहोस्
झुठो कुरो गरिरहेको छ भन्ने थाहा पाउनु भयो भने यस्तो झुठ बोलिरहनु आवश्यक नै छैन भन्ने कुरा बुझाउनुहोस् । झुठ बोल्दा पनि आफुलाई विश्वास गरेर बुबा÷आमाबाट धेरै माया पाउँछु भन्ने बच्चामा भ्रम हुन सक्छ । यस्तो झुठ कहिल्यै साँचो हुन नसक्ने कुरा राम्रोसँग बुझाउन आवश्यक हुन्छ ।

सकारात्मक सोच प्रस्तुत गर्नुहोस्
यदि बच्चाले गरेका कुनै पनि प्रयास असफल भयो । र उक्त कुरा उसले साँचो रुपमा बताउँछ भने त्यसलाई सकारात्मक रुपमा लिनुहोस् । उसको असफलता अथवा गल्तिलाई लिएर शारीरिक तथा मानसिक यातना दिने, कुट्ने नगर्नुहोस् । उसले गर्ने साँचो व्यवहारलाई पुरस्कृत गर्ने बानी बसाल्नुहोस् ।

सम्मान गर्न सिक्नुहोस्
अरु मानिसको अगाडि बच्चालाई लज्जित हुने खालको व्यवहार नदेखाउनुहोस् । उसका साथीभाइ तथा परिवारको अगाडि उसको सम्मानमा ठेस लाग्ने व्यवहार गरिनु हुँदैन । सबैको अगाडि तपाईंले आफ्नो बच्चालाई ख्याल नगरेको जस्तो नगर्नुहोला । उसँग सम्मानपूर्वक कुराकानी गर्नुहोस् ।

अपेक्षाबाट बच्नुहोस्
जब अभिभावकले आफ्नो बालबच्चाबाट बढीभन्दा बढी अपेक्षा राख्छ भने उसले झुठ बोल्न थाल्छ । आफ्नो बच्चा नाच्न, गाउन, पढ्न, लेख्न तथा अन्य सबै कार्यमा तेज होस् भन्ने बढी अपेक्षा राख्नु गलत हुनेछ । र, यी सब कार्य सम्भव पनि हुने छैन । उसको असफलताप्रति कहिल्यै हतास नहुनुहोला ।

अतिशयोक्तिलाई सम्झनुहोस्
साना बच्चा टेलिभिजनमा कार्टुन हेर्छन् या कथाहरु सुन्छन् । जसका कारण उनीहरुमा अतिशयोक्ति हुन सक्छ । कुनै पनि कुरालाई बढाइ चढाइ गरेर प्रस्तुत गर्ने हुन्छन् । यस्तो कुरा मनोरञ्जनात्मक त हुन्छन् । तर, यी कुरा यथार्थ तथा काल्पनिक कति हुन् उनीहरुलाई बताउन आवश्यक हुन्छ ।

झुठ किन ?
बच्चाले झुठ बोल्छन् भन्ने कुरामा तपाईले आश्र्चय नमान्नु होला । यद्यपि, उनीहरुमा कल्पनाशिलता भने धेरै नै हुन्छ । कल्पनाशिलतामा हामी सबै उनीहरुको काल्पनिक कथाको एउटा पाटो हुने गर्छौं । बच्चाले सहज रुपमा सही र गलत छुट्याउन सक्दैनन् । त्यसैले चाहेर पनि उनीहरुको धेरै कुरा झुठो हुने गर्छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ३ : ४० बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित