१० वर्षअघिको यौनकाण्डले रोनाल्डोलाई छोडेन, फेरि शुरु भयो अनुसन्धान « Khabarhub

१० वर्षअघिको यौनकाण्डले रोनाल्डोलाई छोडेन, फेरि शुरु भयो अनुसन्धान


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई उनका वकिलले बलात्कार आरोपबाट मुक्त गर्नकालागि तयार गरिरहेको समाचार बाहिरिएको छ ।

अभियोगकर्ता क्याथरन मेयोर्गाले इटलीमा रोनाल्डोको घर फेला पारेपछि यो प्रकरण थप पेचिलो भएको छ ।

१० वर्षअघि लस भेगासको होटलमा मेयोर्गामाथि आफुले यौनजन्य आक्रमण गरेको कुरालाई युभेन्टसका फर्वार्ड रोनाल्डोले अस्वीकार गर्दै आएका छन् ।

अमेरिकी प्रहरीले यो केसलाई पुन खोलेपछि मेयोर्गाका वकिलले पोर्चुगिज खेलाडीको ठेगाना खोजिरहेका थिए ।

मिरर अनलाइनका अनुसार म्यान्चेस्टर युनाइटेडका स्टारको तुरिन स्थित घर इटलिको सरकारी कार्यालयको रेकर्डमार्फत फेला परेको थियो ।

मेयोर्गाको टीमले प्रशासनीक कामका थालनी गर्ने र केही हप्ताभित्र कागजपत्र पठाइने जनाइएको छ ।

अमेरिकी न्यायधिशले गत महिना ३४ वर्षीय खेलाडीको ठेगाना खोजिको लागि प्रक्रिया थाल्न आदेश थिएका थिए ।

रोनाल्डोले २ लाख ९५ हजार पाउण्ड दिने सर्त राखेर होटलमा लगेर यौनकार्य गरेको तर रकम नदिएको आरोप मेयोर्गाले लगाएकी छिन् ।

सिरिए ए अन्तर्गत गत आइतवार फाइनल खेलेका युभेन्टसका स्टार रोनाल्डोले भने मेयोर्गाको आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ५ : ३३ बजे

ओलीलाई बिदा गरेर तेस्रो पुस्ता नेतृत्वमा ल्याउन चाहन्छ एमाले

काठमाडौँ – भदौको जेनजी आन्दोलन र फागुन २१ को चुनावबाट

केन्द्र र प्रदेशबीच समन्वय खोज्दै प्रधानमन्त्री बालेन : आज मुख्यमन्त्रीसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग

खुला मञ्च अब सधैँ खुला

काठमाडौँ – केही समय यता बन्द रहेको खुला मञ्च योगा,

पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा

काठमाडौँ–  उपत्यकाका ४ नगरपालिकाको  संयुक्त प्रयासमा बुधबारदेखि रात्रिकालीन बस सेवा

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा