२४ पटक सगरमाथा चढेका कामीरिताको काठमाडौंमा स्वागत « Khabarhub

२४ पटक सगरमाथा चढेका कामीरिताको काठमाडौंमा स्वागत


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–“सगरमाथा कति पटक चढ्नुहुन्छ भनेर प्रश्न नसोध्नुस्, सगरमाथा चढिरहन्छु, यो मेरो ‘प्यासन’ हो”, सगरमाथाको २४औँ पटक सफल आरोहण गरेर फर्किएका कीर्तिमानी आरोही कामीरिता शेर्पाले भने ।

यही जेठ ७ गते २४औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका आरोही शेर्पाले शनिवार काठमाडौँ फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको स्वागतपछि संक्षिप्त प्रतिक्रिया दिँदै सगरमाथा आरोहणलाई आगमी वर्ष पनि निरन्तरता दिने बताए ।

चौबीसौँ पटक सगरमाथाको सफल आरोहण गर्दा कस्तो अनुभूति भएको छ भन्ने जिज्ञासामा आरोही शेर्पाले सफलतापूर्वक सगरमाथा आरोहण सकेर फर्किएकामा आफूलाई असाध्यै खुसी र गर्वको महसुस भएको बताउँदै शारीरिक अवस्था पनि तन्दुरुस्त रहेको जानकारी दिए । यस यामको आरोहण सन्दर्भमा आरोही शेर्पाले मौसमले साथ दिएकाले नै आफूसहितका आरोहीले सफलता पाएको उल्लेख गरे । उनकी धर्मपत्नी ल्हाक्पा जाङबु शेर्पाले श्रीमान्को सफलताले आफूमा खुसीको सीमा नरहेको बताइन् ।

कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४औँ पटक सगरमाथाको सफल आरोहण सकेर शनिवार काठमाडौँ फर्किएका छन् । आरोही शेर्पालाई विमानस्थलको आन्तरिक टर्मिनल परिसरमा भव्य स्वागत गरिएको थियो । उपस्थित शेर्पा समुदायले परम्पराअनुरुप शेर्पा पहिरनमा झाँकी, सांस्कृतिक बाजागाजासहित कीर्तिमानी शेर्पालाई स्वागत गरेका थिए ।

शेर्पालाई नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामा, महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङसहितका पदाधिकारी तथा सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पालगायतले स्वागत गर्नुभएको थियो । कीर्तिमानी आरोहीको स्वागतका लागि धर्मपत्नी ल्हाक्पा जाङबु शेर्पालगायत परिवार आफन्त तथा पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिका उल्लेख्य सङ्ख्यामा उपस्थिति थियो ।

सोलुखुम्बुको थामेगाउँमा जन्मनुभएका ४९ वर्षीय कामीरिता शेर्पाले यसअघिको आफ्नै २३औँ पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् । वसन्त ऋतुको यस याममा कामीरिताले सात दिनको अवधिमै दुई पटक सगरमाथा अरोहण गरे । उनको आगामी वर्षमा पनि आरोहणलाई निरन्तरता दिने बताए ।

सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार कामीरिता शेर्पाले ७ गते बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको २४औँ पटक सफल आरोहण गरेका थिए। त्यसअघि उहाँले जेठ १ गते बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको २३औँ पटक आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने यसअघि नै बताएका छन् । शेर्पाले एकै याममा दुईपटक सगरमाथा चढेको यो चौथो पटक हो । यसअघि उनले तीन आरोहण याममा दुई/दुई पटक सगरमाथा चढिसकेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ६ : ४३ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने