दोस्रो पटक प्रधामन्त्री बन्न मोदीलाई बाटो खुल्यो « Khabarhub

दोस्रो पटक प्रधामन्त्री बन्न मोदीलाई बाटो खुल्यो


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स एनडीएको गठबन्धनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुनः संसदीय दलको नेता चुनेको छ ।

पछिल्लो निर्वाचनमा भारी बहुमत ल्याएको भाजपा तथा एनडीएले प्रधानमन्त्री मोदीलाई सर्वसम्मत रुपमा पुनः संसदीय दलको नेता चुनेको भाजपाका अध्यक्ष अमित शाहले जनाएका छन् ।

यससँगै एनडीएका तर्फबाट प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले नै दोश्रो कार्यकाल प्रधानमन्त्री चलाउने भएका हुन् ।

यसअघि शुक्रबारमात्र प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो राजीनामा बुझाएर नयाँ सरकार बनाउन मार्ग प्रशस्त गरेका थिए । त्यस्तै, शनिबार राष्ट्रपति कोविन्दले निवर्तमान तल्लो सदन लोकसभा विघटन गरेका थिए ।

मोदीलाई भाजपा अध्यक्ष अमित शाहले संसदीय दलको नेताको रुपमा प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावलाई भाजपाका नेता तथा निवर्तमान गृहमन्त्री राजनाथ सिंहले समर्थन गरेका थिए ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ८ : ०० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार