बिमानस्थलबाटै बीर पुगेका सीके राउतले भने–अब जनमत पार्टीले रेशम चौधरीलाई छुटाउँछ « Khabarhub

बिमानस्थलबाटै बीर पुगेका सीके राउतले भने–अब जनमत पार्टीले रेशम चौधरीलाई छुटाउँछ


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–जनमत पार्टीका अध्‍यक्ष डा.सी के राउतले वीर अस्पतालमा उपचाररत निलम्बित सांसद रेशम चौधरीको स्वाथ्यअवस्थाबारे जानकारी लिएका छन् ।

दुई साता विदेश भ्रमणबाट स्वदेश फर्किएका राउतले त्रिभुवन विमानस्थलमा ओर्लिने वित्तिकै रेशमलाई भेट्न वीर अस्पताल पुगेका हुन् । भेटमा उनले अब रेशम चौधरीका लागि जनमत पार्टी लड्ने समेत आश्वासन दिए । उनले उपचाररत चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै चौधरीलाई जेलबाट छुटाउन अब जनमत पार्टी लाग्ने बताएका थिए ।

त्यस्तै डा. राउतले अस्पतालमा उपचाररत रहँदा चौधरीलाई साङ्लोले बाँधिएको अवस्थाका बारेमा समेत जानकारी लिएका थिए ।  यसअघि सरकारले चौधरीलाई नेल लगाएपछि समाजवादी पार्टीका अध्‍यक्ष बाबुराम भट्टराईले अस्पताल पुगेर भेटघाट गरेका थिए भने विभिन्न मानव अधिकारवादीहरु समेत पुगेर घटनाको बारेमा जानकारी लिँदै जेलमा जस्तो नेल लगाइनुको विरोध गरेका थिए ।

साङ्लोले बाधिएको अवस्थामा उपचार गराइरहेको चौधरीका तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा साङ्लो फुकाल्न लगाइएको थियो ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ७ : १६ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले