आजको मौसम : मध्य र पश्चिममा हल्का तथा पूर्वी भेगमा भारी वर्षा « Khabarhub

आजको मौसम : मध्य र पश्चिममा हल्का तथा पूर्वी भेगमा भारी वर्षा


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मनसुन सक्रिय भएसँगै नियमित वर्षा हुन थालेको छ । आज (मंगलबार) पनि देशभरका विभिन्न भागमा हल्का, मध्यम र भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिकदेखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पुर्वका केहि स्थानमा भारी वर्षा हुने सम्भावना देखाएको छ ।

त्यस्तै भोलि बुधबार पनि देशैभरि सामान्य बदलि भइ देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले अनुमान गरेको ३ दिनको मौसमी विवरण यस्तो छ :

असार १० गते (मंगलबार)

दिउँसोः देशको मध्य र पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पुर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिन्छ ।

राति: देशको मध्य भूभागमा आंशिक देखि सामान्य बदलि तथा पूर्वी र पश्चिमका भूभागमा सामान्य बदलि भइ पुर्व र पश्चिमका केहि स्थानहरुमा साथै मध्यका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिन्छ ।

असार ११ गते (बुधबार)

दिउँसोः देशैभरि सामान्य बदलि भइ देशका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पुर्बि भूभागका एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ । पूर्वी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि देखिन्छ ।

राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। पुर्बि भूभागका एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार १२ गते (बिहिबार)

दिउँसोः देशैभरि सामान्य बदलि भइ देशका धेरैजसो स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। पश्चिमी भूभागका एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राति: देशैभरि सामान्य बदलि भइ पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ७ : ४१ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै