वडा कार्यालयमा गराइएको आगजनीबाट जले कम्युटर र प्रिन्टर « Khabarhub

वडा कार्यालयमा गराइएको आगजनीबाट जले कम्युटर र प्रिन्टर


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा अछामका दुई वटा वडा कार्यालयमा भएको आगजनीबाट भौतिक सामग्री जलेर नष्ट भएका छन् ।

जिल्लाको पन्चदेवल विनायक नगरपालिका ३ र ढकारी गाउँपालिका ५ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। पन्चदेवल बिनायकको ३ नम्बर वडा कार्यालयमा भएको आगजनीबाट १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ढकारी गाउँपालिका ५ को वडा कार्यालयमा भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । बन्दलाई लक्षित गरी विप्लव नेकपाले वडा कार्यालयमा आगजनी गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

तस्वीर- दिनेशखबरबाट

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १० : १५ बजे

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००