ललितपुर महानगरको बजेट ५ अर्ब १७ करोड | Khabarhub Khabarhub

ललितपुर महानगरको बजेट ५ अर्ब १७ करोड


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ ।

महानगरपालिका मेयर चिरिबावु महर्जनले मंगलबार महानगरको नगरसभामा आगामी आर्थिक वर्ष २०७६/७७ को लागि सो बजेट प्रस्तुत गरेका हुन् ।

महानगरले पूर्वाधार विकासमा प्राथमिकता दिएर कूल बजेटको ३९ प्रतिशत रकम विकास बजेटको रुपमा विनियोजन गरेको छ । पूर्वाधार विकासमा मात्रै २ अर्ब ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन भएको छ ।

महर्जनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै चालु खर्चका लागि कुल बजेटको २१.७४ प्रतिशत अर्थात १ अर्ब १२ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।

यसैगरी आर्थिक विकासका लागि ७५ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ भने भने संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट छुट्टाएको छ ।

ललितपुर महानगरले सामाजिक विकासका लागि १६ करोड ८४ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनमा लागि १६ करोड ५५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको मेयर महर्जनले जानकारी दिए । नगरसभाको बन्द शत्रमा छलफल पछि बजेट पारित हुने महानगरले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ४ : २२ बजे

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ

क्रिकेटर सन्दीपको मुद्दा न्यायाधीश निरौला र ढुंगेलको इजलासमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी उच्च अदालत पाटनका न्यायाधीशद्वय