ललितपुर महानगरको बजेट ५ अर्ब १७ करोड « Khabarhub

ललितपुर महानगरको बजेट ५ अर्ब १७ करोड


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ ।

महानगरपालिका मेयर चिरिबावु महर्जनले मंगलबार महानगरको नगरसभामा आगामी आर्थिक वर्ष २०७६/७७ को लागि सो बजेट प्रस्तुत गरेका हुन् ।

महानगरले पूर्वाधार विकासमा प्राथमिकता दिएर कूल बजेटको ३९ प्रतिशत रकम विकास बजेटको रुपमा विनियोजन गरेको छ । पूर्वाधार विकासमा मात्रै २ अर्ब ७ करोड ३६ लाख ३ हजार बजेट विनियोजन भएको छ ।

महर्जनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै चालु खर्चका लागि कुल बजेटको २१.७४ प्रतिशत अर्थात १ अर्ब १२ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।

यसैगरी आर्थिक विकासका लागि ७५ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ भने भने संस्थागत विकास र सुशासनका लागि २ करोड २५ लाख बजेट छुट्टाएको छ ।

ललितपुर महानगरले सामाजिक विकासका लागि १६ करोड ८४ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनमा लागि १६ करोड ५५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको मेयर महर्जनले जानकारी दिए । नगरसभाको बन्द शत्रमा छलफल पछि बजेट पारित हुने महानगरले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ४ : २२ बजे

रास्वपा महाधिवेशन : कुन केन्द्रीय सदस्यले कति मत पाए ?

 चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले