थुनुवा बोकेको गाडी दुर्घटना, २ को मृत्यु « Khabarhub

थुनुवा बोकेको गाडी दुर्घटना, २ को मृत्यु


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- बालचनपुरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थुनुवा बोकेको गाडी दुर्घटना हुँदा दुई थुनुवाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले म्याद थप गर्न लग्दै गरेको थुनुवा बोकेको गाडी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट जिल्ला अदालत गौरमा थुनुवालाई म्याद थपका लागि लिएर जाँदै गरेको गाडी दुर्घटना भएको हो । दुर्घटनामा छ प्रहरीसहित आठ जना घाइते भएका छन् ।

गम्भीर घाइते रौतहट चन्द्रपुर नगरपालिका–६ का निर्मल साह र सुनसरी इनरुवा नगरपालिका–९ का रमेशकुमार चौधरीको उपचारका क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ९ : ३८ बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने