बेलायतमा भारतीय मूलकी प्रीतिलाई गृह र पाकिस्तानी मूलका साजिद अर्थ मन्त्रालयको जिम्मेवारी « Khabarhub

बेलायतमा भारतीय मूलकी प्रीतिलाई गृह र पाकिस्तानी मूलका साजिद अर्थ मन्त्रालयको जिम्मेवारी


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतमा नयाँ मन्त्रिमण्डल आएसँगै सर्वत्र चर्चा हुन थालेको छ नयाँ मन्त्रिमण्डलको संरचना कस्तो छ भन्ने । बोरिस जोनसनले नेतृत्व सम्हालेको मन्त्रिपरिषदमा भारत र पाकिस्तानी मूलका २ मन्त्री समावेश भएका छन् ।

युरोपियन युनियनबाट बाहिरिने भनेर ‘ब्रेक्जिट’ पक्षमा निर्णय गरिसकेको बेलायतमा त्यो निर्णय कार्यान्वयन गराउने मुख्य जिम्मेवारीसहित आएको नयाँ मन्त्रिपरिषदमा गृहमन्त्री भारतीय मूल र अर्थमन्त्री पाकिस्तानी मूलका छन् । दक्षिण एसियामा भारत–पाकिस्तानबीच द्वन्द्व चलिरहने भएपनि बेलायतमा भने दुवै देश पुर्ख्यौली भएका नेताहरूले मिलेर एउटै मन्त्रिमण्डलमा काम गर्नुपर्ने भएको छ ।

हिन्दूस्तानी मूलकी प्रीति पटेल गृहमन्त्री बनेकी छन् भने पाकिस्तानी मूलका साजिद जाविद अर्थमन्त्री बनेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई वर्षअघि एक विवादका कारण प्रीति पटेलले गृहमन्त्रीबाट राजीनामा दिएकी थिइन् तर उनले फेरि जिम्मेवारी पाएकी छन् । बोरिसको मन्त्रिमण्डलमा डोनिनीक राब विदेशमन्त्री बनेका छन् ।

भारतको गुजरात पुर्ख्यौली भएकी ४७ वर्षीय प्रीतिको जन्म लण्डनमा भएको थियो । उनका आमाबुवा गुजरातबाट युगाण्डा गएका थिए । युगाण्डाबाट उनीहरू सन् १९६० को दशकमा बेलायत आएर बसेका थिए । प्रीति कम उमेरमै कन्जरभेटिभ पार्टीमा आवद्ध भइन्, जतिबेला उनी २० वर्षकी थिइन् । सन् २०१७ मा इजरायलको निजी यात्राको विषयमा विवाद भएपछि प्रीतिले इन्टरनेसनल डेभलपमेन्ट सेक्रेटरीको पदबाट राजीनामा दिनुपरेको थियो । अगस्त २०१७ मा निजी पारिवारिक बिदामा इजरायल गएको बेलाले उनले त्यहाँका प्रधानमन्त्री बेन्यामिन बेतन्याहू लगायत इजरायली अधिकारीसँग भेट गरेकी थिइन् । त्यो भेटबारे बेलायत सरकार र दूतावासलाई जानकारी दिइएको थिएन, जसका कारण उनी विवादमा तानिइन् ।

पाकिस्तानी मूलका साजिद जाविद अर्थमन्त्री बनेका छन् । सन् २०१८ मा टेरिजा मेको सरकारमा उनी गृहमन्त्री थिए, बेलायतमा उनी पहिलो नस्लीय अल्पसंख्यक समुदायबाट गृहमन्त्री बनेका थिए । उनी २०१० मा सांसद बनेका थिए । उनको जन्म रकडेलमा एक पाकिस्तानी परिवारमा भएको थियो । उनले इभनिङ स्टेन्डर्डसँगको कुराकानीमा आफ्नो परिवारबारे भनेका थिए, ‘मेरा बुवा पाकिस्तानको एउटा सानो गाउँमा थिए र १७ वर्षको उमेरमा काम गर्न बेलायत आएका थिए । बुवा रकडेलमा बसेर कपडाको मिलमा का मगर्न थाले । उहाँ महत्त्वाकांक्षी हुनुहुन्थ्यो, उहाँलाई महसूस भयो कि बस चालकको तलब राम्रो छ, त्यसपछि उहाँ बस चालक बन्नुभयो ।’

बोरिसको मन्त्रिमण्डलमा हिन्दूस्तानी मूलका सांसद आलोक शर्माले समेत अन्तर्राष्ट्रिय विकास राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । ५१ वर्षीय आलोकको जन्म भारतको आगरामा भएको थियो । उनी ५ वर्षका हुँदा उनका आमाबुवाले बेलायत लगेर गएका थिए । आलोक आर्टर्ड एकान्टेन्ट हुन्, उनले राजनीतिमा आउनुअघि १६ वर्ष बैंकिङ क्षेत्रमा काम गरेका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १० : २३ बजे

उत्तरपूर्वी नाइजेरियामा डुङ्गा डुब्दा २५ जनाको मृत्यु

एजेन्सी – उत्तरपूर्वी नाइजेरियाको योबे राज्यमा डुङ्गा डुब्दा कम्तीमा २५

सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने

वीरगञ्ज महानगरमा निषेधाज्ञा, भेला र प्रदर्शनमा रोक

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका चार प्रमुख क्षेत्रमा

म्याग्दीको रघुगङ्गामा व्यवस्थित पदमार्ग निर्माण सुरु

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा

चीन र पाकिस्तानले अफगानिस्तानबारे भने : चरमपन्थीलाई समाप्त गर्न कडा कदम चालियोस्

बेइजिङ- पाकिस्तान र चीनले अफगानिस्तानको भूमि कुनै पनि अर्को देशविरुद्ध