कोरियामा दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारले क्षतिपूर्ति पाउने | Khabarhub Khabarhub

कोरियामा दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारले क्षतिपूर्ति पाउने


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियामा दुर्घटनामा परी मृत्यु भएका तीन नेपालीका परिवारलाई क्षतिपूर्तिबापतको रकम लिन परराष्ट्र मन्त्रालयले अपिल गरेको छ ।

दक्षिण कोरिया रोजगारका लागि पुगेका पाँचथर मिक्लाजुङ गाँउपालिकाका सरोज आङदेम्बे, धादिङ कटुन्जेका काठुर तामाङ र उदयपुर त्रियुगाका भुपाल राईका परिवारलाई क्षतिपूर्ति रकमका लागि सूचनामार्फत सम्पर्क गर्न परराष्ट्र मन्त्रालयले अपिल गरेकको छ ।

कोरियामा सामसुङ कम्पनीका कायरत तीनै जानको सवारी दुर्घटनामा मृत्यु भएको थियो । मृतक तीनै जनाले कम्पनीबाट पाउनु अन्य सुविधा पनि कम्पनीबाट उपलब्ध हुने भएको र मृतकका हकदारका परिवारले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।

मृतकका सरोजका परिवारले १२ हजार ७ सय ७९ अमेरिकी डलर (१४ लाख १३ हजार १ सय ६५ नेपाली रुपैयाँ), ठाकुरका परिवारले १८ हजार ६ सय ६ अमेरिकी डलर (२० लाख ५३ हजार ४ सय ५१ रुपैयाँ) र भुपालको परिवारले १६ हजार ७ सय ८१ अमेरिकी डलर (१८ लाख ५२ हजार ३५ रुपैयाँ) पाउने कोरियास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : २१ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी