छवि र शिल्पालाई खोजिरहेका छौँ- प्रहरी « Khabarhub

छवि र शिल्पालाई खोजिरहेका छौँ- प्रहरी


९ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरललाई खोजी कार्य जारी राखेको जनाएको छ ।

बुधबार जिल्ला अदालत, काठमाडौंले बहुविवाहसम्बन्धी कसुरका आधारमा अनुसन्धान गर्न प्रकाउ पुर्जी जारी गरेसँगै उनीहलाई प्रहरीले खोजी गरिरहेको छ ।

निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको जाहेरीका आधारमा महिला सेल, कालीमाटीले अनुसन्धान थालेको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अहिलेसम्म छविराज र शिल्पा सम्पर्कमा नआएको बताए । ‘प्रक्रियामा गएका छौँ, खोजी भइरहेको छ,’ उनले खबरहबसँग भने ।

नायिका शिल्पा पोखरेल र छविराजविरुद्ध हेमाले बहुविवाहको उजुरी हालेकी थिइन् । प्रहरीमा उजुरी परेपछि छवि र शिल्पा दुवै सम्पर्कमा आएका छैनन् ।

शिल्पा र छविराज ओझा झण्डै ३ वर्ष प्रेमसम्बन्धमा रहेका थिए । नायिका रेखा थापासँग डिभोर्स गरेका छविराज ओझाले शिल्पा पोखरेललाई आफ्नी प्रेमिका बनाएका थिए । उमेरका हिसाबले शिल्पा २५ वर्ष पुगिन् भने छविराज ५५ वर्ष पुगे । अब छविराजले बिहे नगर्ने बताएका छन् ।

छविराजका अनुसार शिल्पाले उनीसँग दोस्रो बिहे गरेकी हुन् । यस अर्थमा शिल्पाले पनि २५ वर्षकै उमेरमा दोस्रो बिहे गरेकी छिन् । र, उनी छविराजसँग डिभोर्स दिने प्रकियामा थिइन् ।

शिल्पा र छविराजले वि.सं. २०७३ साल असार २९ गते बिहे गरेका थिए । बिहे गरे पनि दुवैले बिहेका बारेमा मिडियामा लुकाउँदै आएका थिए । बिहे गरेको साढे २ वर्षपछि झण्डै ६ महिनाअघि यी दुईले बिहे दर्ता गराएका थिए । बिहे दर्ता गराएको ६ महिनापछि दुवै डिभोर्सको तयारीमा लागेका हुन् ।

शिल्पा डिभोर्सको प्रकियामा गएका बेला छविराजकी जेठी पत्नीले बहुविवाहको उजुरी दिएकी हुन् ।

यो पनि पढ्नुहोस्:

छवि–शिल्पा प्रकरणले लियो नयाँ मोड– पूर्वपत्नीले हालिन् बहुविवाह भन्दै उजुरी

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  १२ : ४७ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा