गौशालामा दुई प्रहरी घुससहित पक्राउ « Khabarhub

गौशालामा दुई प्रहरी घुससहित पक्राउ


९ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भन्दै घुस लिने दुई जना प्रहरी घुससहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकार घुस रकम सहित पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षकद्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकारले सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले सई पाण्डे र स्वर्णकारलाई पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीबाट अठार हजार घुस वापतको रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित मिथिला काबेली यातायात सेवा प्रा.लि. र अनलाइन डिलक्सको टिकट काउन्टरको अफिस अगाडिको सार्वजनिक सडक किनाराबाट उक्त रकम सहित अख्तियारले नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  २ : ०४ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको