‘स्वास्थ्यमा ५० प्रतिशत बजेट खर्च नै हुँदैन’ « Khabarhub

‘स्वास्थ्यमा ५० प्रतिशत बजेट खर्च नै हुँदैन’


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले सम्पूर्ण नेपालीलाई स्वस्थ्य अधिकार प्रदान गर्न ३५ अर्ब थप बजेट आवश्यक रहेको बताएका छन् ।

बिहीबार स्वास्थ्य अनुसन्धान परिषद्को एक कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री यादवले विपन्न नागरिकको स्वास्थ्य उपचार, निशुल्क आधारभूत स्वास्थ्य सेवा र विमा कार्यक्रमका लागि ३५ अर्व थप बजेट स्वास्थ्यमा आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले स्वास्थ्य क्षेत्रमा छुट्याइएको आधा बजेट खर्च नहुने गरेको बताए । सचिव थपलियाले स्वास्थ्यक्षेत्रमा छुट्याइएको बजेटको ५० प्रतिशत खर्च नै नभएको बताएका हुन् ।

अर्थ मन्त्रालयबाट विनियोजन भएको आधा बजेट खर्च नै नहुने गरेकाले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा प्रयाप्त बजेट विनियोजन भएको उनको भनाइ छ । ‘स्वास्थ्यका कर्मचारीले स्वास्थ्यमा बजेट कम छ भन्नुहुन्छ । हो स्वास्थ्य क्षेत्रमा बजेट कम नै छ,’ सचिव थपलियाले भने, ‘अर्थ मन्त्रालयमा बजेट कम भयो भनेर गयो भने उहाँहरुले भन्नुहुन्छ, स्वास्थ्यमा ५० प्रतिशत बजेट किन खर्च नै हुँदैन ? छुट्याइएको बजेट नै खर्च नभएकाले स्वास्थ्यमा बजेट कम आएको हो ।’

विश्व स्वास्थ्य संगठनको मापदण्डका अनुसार विकासउत्मुख देशहरुमा स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट हुनु अनिवार्य हुन्छ । तर सरकारले चालु आर्थिक वर्ष २०७६/७७ का लागि कुल बजेटको ४ दशमलब ४८ प्रतिशत मात्रै बजेट विनियोजन गरिएको छ ।

सचिव थपलियाले विनियोजन भएको बजेट फ्रिज हुने अवस्था आउन नदिन मन्त्रालयको नीति तथा कार्यक्रम अनुसार काम गर्न सम्बन्धित निकायलाई सुझाव समेत दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ५ : ४७ बजे

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १