सरकारको काम कारवाहीको समिक्षा गर्नुपर्छ– नेता नेपाल « Khabarhub

सरकारको काम कारवाहीको समिक्षा गर्नुपर्छ– नेता नेपाल


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम, कार्वाहीको समिक्षा गर्नुपर्ने बताएका छन् ।

वरिष्ठ नेता नेपालले कमीकमजोरी छन भने सुधारेर अघि बढन पनि सरकारको काम, कार्वाहीको समिक्षा गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचारीको छैठौं स्मृति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले सरकारले आफ्नो कमीकमजोरीलाई सुधार गर्दै लैजाने हो भने मुलुकमा कम्युनिष्ट पार्टीको विकल्पको कल्पना गर्न नसकिने दाबी गरे ।

कम्युनिष्ट पार्टीसँग मुकाविला गर्ने हैसियत भएको पार्टी नेपालमा कुनै पनि पार्टी नरहेको दावी गर्दै वरिष्ठ नेता नेपालले आफ्नो कमीकमजोरीलाई भने स्विकार गर्दै राम्रो ढंगले काम गर्न जरुरी रहेको बताए । उनले पार्टी एकताको बाँकि कामलाई विलम्व नगरी सम्पन्न गर्न पनि पार्टी नेतृत्वसँग आग्रह गरे ।

वरिष्ठ नेता नेपालले पार्टी सही बाटामो रहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी काम गरेर अघि बढनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ५ : ३६ बजे

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल

मिथिलाञ्चलमा आजदेखि होली

जलेश्वर– पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा

गोदरेजले सार्वजनिक गर्‍यो २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर

काठमाडौं– गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बागमती– मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना

झापा पुगेर रविले भने- जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख कुन मुखले भोट माग्दै हुनुहुन्छ ?

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताको