सिंहदरबारसँगै केही गाउँमा नारायणहिटी पनि पुगे जस्तो छ– प्रभु साह « Khabarhub

सिंहदरबारसँगै केही गाउँमा नारायणहिटी पनि पुगे जस्तो छ– प्रभु साह


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले गाउँ गाउँमा सिहंदरबार मात्र नभइ नारायणहिटी पनि सँगसँगै आएको बताएका छन् ।

बिहीवार बाराको आदर्शकोतवाल गाउँपालिकामा आयोजित बारा जिल्ला कमिटी सदस्य शम्भु मण्डलको श्रद्धाञ्जलीसभामा अध्यक्ष साहले सामन्तवादको अवशेष बाँकी रहनु परिवर्तन संस्थागत हुन नदिने ठूलो कारक रहेको बताए ।

अध्यक्ष साहले भने, “हामी जनतालाई अझै बलियो बनाउन चाहन्छौँ । गाउँमा सिंहदरबार ल्याउन चाहेका थियौँ तर काहीँ काहीँ नारायणहिटी दरबार आइपुगेको छ । जुन चिन्ताको विषय हो । राजा त हटाएका छौँ तर कुनै कुनै ठाउँमा त्यसको अवशेष बाँकी छ । जनप्रतिनिधिहरु राजाझैँ प्रस्तुत हुन थालेका छन् जुन परिवर्तन संस्थागत गर्न सबैभन्दा ठूलो चुनौति हो ।“

कम्युनिष्ट आन्दोलनमा शम्भु मण्डलको ऐतिहासिक भुमिका रहेको भन्दै अध्यक्ष साहले भने, “ शम्भु मण्डलको निधनले पार्टी र समाजलाई क्षति भएको छ । उहाँहरु जस्ता वीर वामपन्थीहरुको योगदानबाट सामन्तवादविरुद्धको लडाई सफल भएको छ । तर पनि केही सामन्तवादी संस्कृति र संस्कारको अवशेष अझै पनि समाजमा बाँकी छ । ती अवशेषको बलमा नयाँ नयाँ राजा जन्मिने संभावना रहेको छ । सामन्तवादविरुद्धको लडाईलाई उत्कर्षमा पुर्याउन तथा जुन शम्भु मण्डलजस्ता वीर कम्युनिष्ट योद्धाहरुको सपना पुरा गर्न त्यसमाथि नजर राख्नुपर्छ र ती अवशेषहरु मेटाउनुपर्छ ।“

अध्यक्ष साहले प्रदेश नम्बर २ सरकार संघीयताका लागि सबैभन्दा ठूलो खतरा रहेको आरोप लगाए । अध्यक्ष साहले भने, “ प्रदेश नम्बर २ पुरै भ्रष्टाचारमा लिप्त छ । जुन संघीयताका लागि सबैभन्दा घातक हो ।“ उनले थपे, “प्रदेश सरकार नै भ्रष्टाचार गर्न थालेपछि संघीयता कसरी सफल हुन्छ ? संघीयतालाई असफल पार्ने र जनतालाई निराश पार्ने काम प्रदेश नम्बर २ सरकारले गरिरहेको छ । जनताले तिरेको करलाई पार्टी र नेताको पैसा बनाउने काम प्रदेश सरकारले गरिरहेको छ ।“

“राज्यको पैसा मुख्यमन्त्री, मन्त्री, मेयर तथा नेताको खातामा पुर्याउने काम गरी प्रदेश सरकार संघीयता असफल पार्ने कार्यमा लागेको छ । प्रदेश सरकारले जनविरोधी काम गर्ने, जनताको पैसामाथि भ्रष्टाचार गर्ने, व्यक्तिगत स्वार्थ पुरा गर्ने जुन दिशामा लागेको त्यसको कारण संघीयताका लागि खतराको विषय हो “ उनले भने ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ०१ बजे

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल

मिथिलाञ्चलमा आजदेखि होली

जलेश्वर– पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा

गोदरेजले सार्वजनिक गर्‍यो २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर

काठमाडौं– गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बागमती– मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना

झापा पुगेर रविले भने- जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख कुन मुखले भोट माग्दै हुनुहुन्छ ?

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताको