सिंहदरबारसँगै केही गाउँमा नारायणहिटी पनि पुगे जस्तो छ– प्रभु साह « Khabarhub

सिंहदरबारसँगै केही गाउँमा नारायणहिटी पनि पुगे जस्तो छ– प्रभु साह


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले गाउँ गाउँमा सिहंदरबार मात्र नभइ नारायणहिटी पनि सँगसँगै आएको बताएका छन् ।

बिहीवार बाराको आदर्शकोतवाल गाउँपालिकामा आयोजित बारा जिल्ला कमिटी सदस्य शम्भु मण्डलको श्रद्धाञ्जलीसभामा अध्यक्ष साहले सामन्तवादको अवशेष बाँकी रहनु परिवर्तन संस्थागत हुन नदिने ठूलो कारक रहेको बताए ।

अध्यक्ष साहले भने, “हामी जनतालाई अझै बलियो बनाउन चाहन्छौँ । गाउँमा सिंहदरबार ल्याउन चाहेका थियौँ तर काहीँ काहीँ नारायणहिटी दरबार आइपुगेको छ । जुन चिन्ताको विषय हो । राजा त हटाएका छौँ तर कुनै कुनै ठाउँमा त्यसको अवशेष बाँकी छ । जनप्रतिनिधिहरु राजाझैँ प्रस्तुत हुन थालेका छन् जुन परिवर्तन संस्थागत गर्न सबैभन्दा ठूलो चुनौति हो ।“

कम्युनिष्ट आन्दोलनमा शम्भु मण्डलको ऐतिहासिक भुमिका रहेको भन्दै अध्यक्ष साहले भने, “ शम्भु मण्डलको निधनले पार्टी र समाजलाई क्षति भएको छ । उहाँहरु जस्ता वीर वामपन्थीहरुको योगदानबाट सामन्तवादविरुद्धको लडाई सफल भएको छ । तर पनि केही सामन्तवादी संस्कृति र संस्कारको अवशेष अझै पनि समाजमा बाँकी छ । ती अवशेषको बलमा नयाँ नयाँ राजा जन्मिने संभावना रहेको छ । सामन्तवादविरुद्धको लडाईलाई उत्कर्षमा पुर्याउन तथा जुन शम्भु मण्डलजस्ता वीर कम्युनिष्ट योद्धाहरुको सपना पुरा गर्न त्यसमाथि नजर राख्नुपर्छ र ती अवशेषहरु मेटाउनुपर्छ ।“

अध्यक्ष साहले प्रदेश नम्बर २ सरकार संघीयताका लागि सबैभन्दा ठूलो खतरा रहेको आरोप लगाए । अध्यक्ष साहले भने, “ प्रदेश नम्बर २ पुरै भ्रष्टाचारमा लिप्त छ । जुन संघीयताका लागि सबैभन्दा घातक हो ।“ उनले थपे, “प्रदेश सरकार नै भ्रष्टाचार गर्न थालेपछि संघीयता कसरी सफल हुन्छ ? संघीयतालाई असफल पार्ने र जनतालाई निराश पार्ने काम प्रदेश नम्बर २ सरकारले गरिरहेको छ । जनताले तिरेको करलाई पार्टी र नेताको पैसा बनाउने काम प्रदेश सरकारले गरिरहेको छ ।“

“राज्यको पैसा मुख्यमन्त्री, मन्त्री, मेयर तथा नेताको खातामा पुर्याउने काम गरी प्रदेश सरकार संघीयता असफल पार्ने कार्यमा लागेको छ । प्रदेश सरकारले जनविरोधी काम गर्ने, जनताको पैसामाथि भ्रष्टाचार गर्ने, व्यक्तिगत स्वार्थ पुरा गर्ने जुन दिशामा लागेको त्यसको कारण संघीयताका लागि खतराको विषय हो “ उनले भने ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ०१ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका