डा भगवान कोइरालाको बाल अस्पतालले पायो ४१ रोपनी सरकारी जग्गा « Khabarhub

डा भगवान कोइरालाको बाल अस्पतालले पायो ४१ रोपनी सरकारी जग्गा


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला नेतृत्वले सञ्चालन गर्न लागेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४१ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् निर्णयहरु सार्वजनिक गर्दै डा कोइराला नेतृत्वको टिमको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सरकारको नाममा रहेको ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा उपलब्ध गराउने निर्णय  भएको जानकारी दिए ।

बाल अस्पताल सञ्चालनका लागि सरकारले डा कोइरालाको टिमलाई बूढानीलकण्ठ नगरपालिका वडा नम्बर-७ मा रहेको सरकारी जग्गा लिजमा उपलब्ध निर्णय गरेको हो ।

डा कोइरालाले केही दिन अघिमात्रै काठमाडौंलगायत सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए ।

डा कोइरालले फन्ड कलेक्सनमार्फत गैर नाफामूलक बाल अस्पताल सञ्चालन गर्ने योजना बनाइरहेको बेला सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारले बाल अस्पताल सञ्चालनका लागि जग्गा उपलब्ध गराएपछि डा कोइरालाले खुशी ब्यक्त गर्दै छिट्टै अस्पताल भवन निर्माण प्रक्रिया अघि बढाउने खबरहबलाई बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ३६ बजे

नेपालमा मनसुन आउन एक साता लाग्ने

काठमाडौं – नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका