डा भगवान कोइरालाको बाल अस्पतालले पायो ४१ रोपनी सरकारी जग्गा « Khabarhub

डा भगवान कोइरालाको बाल अस्पतालले पायो ४१ रोपनी सरकारी जग्गा


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला नेतृत्वले सञ्चालन गर्न लागेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४१ रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् निर्णयहरु सार्वजनिक गर्दै डा कोइराला नेतृत्वको टिमको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सरकारको नाममा रहेको ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा उपलब्ध गराउने निर्णय  भएको जानकारी दिए ।

बाल अस्पताल सञ्चालनका लागि सरकारले डा कोइरालाको टिमलाई बूढानीलकण्ठ नगरपालिका वडा नम्बर-७ मा रहेको सरकारी जग्गा लिजमा उपलब्ध निर्णय गरेको हो ।

डा कोइरालाले केही दिन अघिमात्रै काठमाडौंलगायत सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण गर्ने घोषणा गरेका थिए ।

डा कोइरालले फन्ड कलेक्सनमार्फत गैर नाफामूलक बाल अस्पताल सञ्चालन गर्ने योजना बनाइरहेको बेला सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

सरकारले बाल अस्पताल सञ्चालनका लागि जग्गा उपलब्ध गराएपछि डा कोइरालाले खुशी ब्यक्त गर्दै छिट्टै अस्पताल भवन निर्माण प्रक्रिया अघि बढाउने खबरहबलाई बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : ३६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै