फिफा वरियतामा नेपाल लगातार ओरालो « Khabarhub

फिफा वरियतामा नेपाल लगातार ओरालो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रि फुटबल महासंघ (फिफा) को विश्व वरियतथामा नेपाल एक स्थान तल झरेको छ ।

बिहीबार सार्वजनिक नयाँ वरियता अनुसार नेपाल १ सय६६ औं स्थानमा रहेको छ । यसअघि जेष्ठ अन्तिममा सार्वजनिक वरियतामा नेपाल १ सय ६५ औं स्थानमा झरेको थियो ।

त्यसअघि नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो । पछिल्लो समय अन्य देशहरुको फुटबलमा सुधार हुँदा नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न नपाउँदा वरियता तलमाथि भइरहेको छ । यद्यपी पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेलेपनि राम्रो प्रदर्शन गर्न सकेको छैन् ।

लगातार वरियतामा तल पर्दै आइरहेको नेपालले अहिले फिफा विश्वकप छनोट तथा एएफसी कपको छनोटको अभ्यासमा व्यस्त छ ।

वरीयताको शीर्ष स्थानमा बेल्जियम छ । कोपा अमेरिका विजेता ब्राजिल दोस्रो स्थानमा रहँदा फ्रान्स तेस्रो, इङ्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छन् । दक्षिण एसियाली देशहरुमा भने नेपाल तेस्रो स्थानमा रहेको छ ।

दक्षिण एसियामा नेपाल भन्दा माथि भारत १०३ औँ स्थानमा र माल्दिभ्स १५२ औं स्थान भए पनि अन्य टोली भने पछि छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ६ : १९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी