९२ वर्षे ट्युनिशियाका राष्ट्रपतिको निधन « Khabarhub

९२ वर्षे ट्युनिशियाका राष्ट्रपतिको निधन


९ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ट्युनिशिया– अफ्रिकी मुलुक ट्युनिशियाका राष्ट्रपति बेजी सइद एस्सब्सीको ९२ वर्षको उमेरमा निधन भएको छ ।

बिहीबार उनको निधन भएको ट्युनिशियाको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विश्वकै वृद्ध वर्तमान राष्ट्रपतिलाई बुधबार अस्पताल भर्ना गरिएको जनाइए पनि उनको स्वास्थ्यमा कस्तो समस्याका कारण अस्पताल भर्ना गरिएको हो भन्ने स्पष्ट छैन ।

सन् २०१४ मा भएको निर्वाचनयता उनी त्यहाँको राष्ट्रपतिको जिम्मेवारीमा थिए । उनलाई गत महिना पनि अस्पताल भर्ना गरिएको थियो ।

ट्युनिशियाको कानूनअनुसार अब प्रधानमन्त्री युसुफ सहिदले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् । प्रावधानअनुसार ६० दिनभित्र अब ट्युनिशियामा नयाँ राष्ट्रपतिको निर्वाचन हुनेछ ।

प्रधानमन्त्री सहिदले अब नयाँ पुस्तालाई जिम्मेवारी दिनेसमेत घोषणा गरेका छन् ।

सन् २०११ मा तत्कालीन शासक जिन अल अबिदिन बेन अलीलाई अरब क्रान्तिमार्फत पदच्युत गरेपछि ट्युनिशिया लोकतान्त्रिक बाटोमा लागेको हो ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  ७ : ०९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली