जब पाकिस्तानी प्रधानमन्त्री इमरानले विश्वकप जितेर फर्केको महशुस गरे « Khabarhub

जब पाकिस्तानी प्रधानमन्त्री इमरानले विश्वकप जितेर फर्केको महशुस गरे


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– तीन दिने अमेरिका भ्रमण सकेर बिहीबार स्वदेश फर्केका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूलाई विश्वकप जितेर फर्केजस्तो महशुस भइरहेको टिप्पणी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरी स्वदेश फर्केका उनलाई समर्थकहरुले स्वागत गरेका थिए । सोही क्रममा उनले आफूलाई विश्वकप जितेर फर्केजस्तो महशुस भइरहेको टिप्पणी गरेका हुन् ।

मुलुकको अर्थतन्त्रलाई असर नपरोस् भन्नाका लागि कतार एअरवेजको विमान चढेर आएका उनका समर्थकले विमानस्थलबाहिर उनको पक्षमा नाराबाजी गरेका थिए । अमेरिका भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अमेरिकी विदेशमन्त्री माइक पम्पेओ तथा अन्य वरिष्ठ अमेरिकी अधिकारीसँग वार्ता गरेका थिए ।

वार्ताका क्रममा दुई मुलुकबीचको द्विपक्षीय साझेदारी तथा प्रतिआतंकवादका विषयमा छलफल भएको थियो ।

सन् १९९२ मा भएको क्रिकेट विश्वकप जितेको पाकिस्तानी टोलीका कप्तान रहेका उनी ठिक एक वर्षअघि जुलाई २५ कै दिन निर्वाचनमा विजयी भएका थिए । कतार एअरवेजको विमानमार्फत् फर्केका उनले कतारको राजधानी दोहामा रोकिएर त्यहाँका समकक्षीसँग अब्दुल्लाह बिन नासेर बिन खलिफा अल थानीसँग पनि भेटवार्ता गरेका थिए ।

अमेरिकामा उनले अमेरिका तथा पश्चिमा मुलुकहरुसमक्ष पाकिस्तानीहरुले कमाएर विदेशमा लुकाएको कालो धन फर्काउन समेत आग्रह गरेको बताइएको छ ।

प्रधानमन्त्री खानको अमेरिका भ्रमणलाई पाकिस्तानमा ठूलो कूटनीतिक विजयीको रुपमा अथ्र्याइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : १३ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौं– पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र